२०८२, ५ कार्तिक मंगलबार

चीनको वुहानमा कोरोना संक्रमण शून्य

चीनको वुहानमा कोरोना संक्रमण शून्य


काठमाडौं, ६ चैत: कोरोना भाइरसविरुद्धको लडाइँमा चीनलाई थप सफलता हात परेको छ । गत डिसेम्बरको अन्तिम सातादेखि कोरोनाविरुद्ध लडेको चीनले इपिसेन्टर वुहानमा संक्रमण शून्यमा झारेको छ । मंगलबार १३ को ज्यान गएकोमा बुधबार भने संक्रमणका कारण कसैको पनि ज्यान गएन ।

गत डिसेम्बरको अन्तिम सातादेखि देखापरेको संक्रमणले हायलकायल बनाएको वुहानमा बुधबार शून्य संक्रमण देखिएको हो । हुवेई प्रान्तको स्वास्थ्य विभागलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले बुधबार वुहानका कसैमा पनि कोरोनाको संक्रमण नदेखिएको जनाएको छ ।

चीनले मृत्युदर पनि शून्यमा झारेको छ । वर्ल्डओमिटर्सका अनुसार, बुधबार चीनमा संक्रमित कसैको पनि मृत्यु भएको छैन ।

कोरोनाका कारण ३ हजार २ सय ३७ को ज्यान गएको चीनमा अझै ८० हजार ८ सय ८९ मानिस संक्रमित छन् । यीमध्ये २ हजार ६ सय २२ को अवस्था भने गम्भीर रहेको बताइएको छ ।

प्रकाशित मिति : २०७६, ६ चैत्र बिहीबार  ९ : ३८ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,