२०८२, १९ भाद्र बिहीबार

एसईई परीक्षा स्थगित, काभ्रेबाट कति सामेल हुदैँ थिए ?

एसईई परीक्षा स्थगित, काभ्रेबाट कति सामेल हुदैँ थिए ?


धुलिखेल, ५ फागनु : सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।

एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । यसअघि सरकारले एसईई परीक्षा नरोक्ने तर सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो ।

एसईई परीक्षामा यो वर्षको काभ्रे जिल्लाबाट नियमित तर्फ ७ हजार दुई सय चालिस जना विद्यार्थी सहभागि हुदैँ थिए । आंशिकतर्फ भने जम्मा ३५ जना मात्रै विद्यार्थी रहेको शिक्षा बिकास तथा समन्वय ईकाई काभ्रेका प्रमुख गोकर्ण ध्वज कार्कीले जानकारी दिए । नियमित र आंशिकका गरी सात हजार दुई सय ७५ विद्यार्थीका लागि ४० वटा परीक्षा केन्द्र तोकिएको थियो ।

तर लगत्तै बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय समितिको बैठमा नेताहरुले एसईई परीक्षा स्थगित गर्नुपर्ने धारणा राखेपछि  उच्च स्तरीय समिति संयोजक पोखरेलले बुधबार कै निर्णय हुने गरी एसईई स्थगित भएको जानकारी दिएका हुन् ।

प्रकाशित मिति : २०७६, ५ चैत्र बुधबार  ६ : ४० बजे

पुतलीसडकमा माइक्रो बसको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौं । काठमाडौंको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिका

वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन

ललितपुर । वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन भएको छ।

प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमण सकेर

एमालेको केन्द्रीय सचिवालय बैठक भदौ १९ गते, विधान महाधिवेशनको तयारी तीव्र

काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी केन्द्रीय

बेइजिङमा ऐतिहासिक गठबन्धनको संकेतस् सी,पुटिन र किम जोङ एउटै मञ्चमा

बेइजिङ । दोस्रो विश्वयुद्धको अन्त्यको ८०औं वार्षिकोत्सवको अवसरमा चीनले आयोजना