२०८२, ५ माघ सोमबार

काभ्रे गोल्ड कपकाे दोस्रो संस्करण स्थगित

काभ्रे गोल्ड कपकाे दोस्रो संस्करण स्थगित


धुलिखेल, ५ चैतः काभ्रे गोल्ड कपको दोस्रो संस्करण स्थगित भएको छ । विश्वब्यापारी फैलिएको कोभिड–१९ का कारण प्रतियोगिता स्थागित गरिएको काभ्रे गोल्ड कप दोस्रो संस्करणका मुख्य संयोजक अमित कोजु श्रेष्ठले जानकारी दिए ।

यसअघि चैत १३ गतेदेखि २३ गतेसम्म धुलिखेल रंगशालामा सञ्चालन गर्ने तयगरिएको थियो । जिल्ला फुटबल संघ काभ्रे एक प्रेस विज्ञाप्ति मार्फत अर्को सुचना नहुदाँसम्मका लागि प्रतियोगिता स्थगित भएको जनाएको हो ।

प्रतियोगितामा राष्ट्रिय स्तरका ए डिभिजन क्लब र छिमेकी जिल्ला फुटबल संघका १० वटा टिम सहभागि हुने बताइएको थियो । प्रतियोगितामा यो वर्षको विजेताले ६ लाख नगदको पुरस्कार राशी राखिएको थियो । त्यस्तै उपविजेताले ३ लाख नगद, ट्रफि र मेडल राखिएको थियो ।

अघिल्लो वर्षको विजेताले ४ लाख र उपविजेताले २ लाख पुरस्कार पाएका थिए । यो वर्ष म्यान अफ द म्याचको राशी पनि १० हजार पुर्याइएको छ । गत वर्ष ५ हजार मात्रै थियो ।

यस्तो छ, विज्ञप्ति

 

प्रकाशित मिति : २०७६, ५ चैत्र बुधबार  ११ : २३ बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ