२०८२, २७ भाद्र शुक्रबार

पनौती घटना अपडेटः प्रशासन र आफन्तबीच तीन बुँदे सहमति

पनौती घटना अपडेटः प्रशासन र आफन्तबीच तीन बुँदे सहमति


धुलिखेल, ४ चैतः सोमबार (हिजो) पनौतीमा आमा छोरीको ज्यान गएपछि उत्पन्न तनाब मत्थर हुने भएको छ । मंगलबार (आज) जिल्ला प्रहरी कार्यालय धुलिखेलमा बसेको सर्वपक्षीय बैठकले सहमति गरेपछि तनाब मत्थर हुने भएको हो ।

संघीय सांसद गंगा बहादुर दोङ, पनौती नगरपालिका प्रमुख भिमप्रसाद न्यौपाने, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना सहित मृतक पक्षको आफन्त बीचको बैठकले तीन बुदाँमा सहमति गरेको छ । मृतकका आफन्तले क्षतिपुर्ती नलिने, चालकलाई हदैँ सम्मको कानुनी कारबाही गर्ने र श्रीमान विदेशबाट आएपछि मात्रै दाहासंस्कार गर्ने सहमति भएको पनौतीका नगरपालिकाका नगरप्रमुख भिमप्रसाद न्यौपानेले जानकारी दिनुभयो । त्यस्तै मृतकको पाष्र्टमार्ट र आफन्तको जाहेरी प्रहरीले बुझिलिने पनि सहमति भएको छ ।

बनेपाबाट पनौती तर्फ जादैँ गरेको बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिदाँ आमा-छोरी गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा शीर मेमाेरियल अस्पतालमा मृत्यु भएकाे थियाे । टिपरकाे ठक्करबाट खानीखोला गाउँपालिकाको वडा नम्बर १ स्थित कालिका प्राथमिक विद्यालय हातिडाँडाका प्रधानाध्यापक जुनिमाया गोले र उहाँकी ३ बर्षिया छोरी स्मारिकाकाे मृत्यु भएकाे हाे ।

जुनीमाया र उनका छोरी स्मारिकालाई ठक्करदिने टिपर चालक रोशी गाउपालिका वडा नम्बर ६ घर भएका ३५ बर्षीय नबराज थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति : २०७६, ४ चैत्र मंगलबार  ४ : ३४ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा