२०८३, ७ कार्तिक शनिबार

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका महिलालाई प्रसुती अवधिभर एम्बुलेन्स निःशुल्क

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका महिलालाई प्रसुती अवधिभर एम्बुलेन्स निःशुल्क


धुलिखेल, ४ चैतः सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाका महिलाले प्रसुती अवधिभर एम्बुलेन्स निःशुल्क पाउने भएका छन् । पालिकाका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर विकका अनुसार प्रसुती सेवालाई सुरक्षित र प्रभावकारी बनाउन आज देखि निःशुल्क एम्बुेन्स सेवा सुरु गरिएको हो ।

त्यसका लागि पालिकाले एउटा एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । एम्बुलेन्स सेवा ७ वटै वडाभित्रका महिलाले प्रसुती अवधिभर लिन पाउनेछन् । जुगल गाउँपालिकामा ६ वटा स्वास्थ्य चौकी, ३ वटा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा छन् । त्यस्तै अर्को एउटा पनि सामुदायिक स्वास्थ्य ईकाई निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत विकले जानकारी दिए । ‘स्वास्थ्य संस्थामा प्रसुति गराएपनि, अन्य ठाउँमा लैजानुपर्ने अवस्था आएपनि सेवा लिन पाउनुहुन्छ, प्रमुख प्रशासकीय अधिकृत विकले भने ‘सेवा ग्राहिलाई तत्काल सेवा दिन र दुरुपयोग नहोस् भन्नका लागि एम्बुलेन्स सञ्चालक समिति नै छुट्टै बनाएका छौँ ।’

पालिकाको ४ वटा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर रहेको स्वास्थ्य संयोजक अनिल साउदले बताए ।

प्रकाशित मिति : २०७६, ४ चैत्र मंगलबार  ३ : ०१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना