२०८२, २९ पुस मंगलबार

टिपर नम्बर ५४८०ः जसले उपचार गर्न आएका आमा-छोरीको ज्यान लियो

टिपर नम्बर ५४८०ः जसले उपचार गर्न आएका आमा-छोरीको ज्यान लियो


  • प्रकाश सुन्दास

धुलिखेल, ४ फागुनः विद्यालयमा बार्षिक परीक्षा चलिरहेको थियो । प्राधानध्यापक भएका कारण सबै जिम्मा पनि लिनु नै पर्ने । तर ज्यानमा सञ्चो नभएपछि सहकर्मीलाई परीक्षाको जिम्मा लगाएर उनी उपचाका लागि बुबाको साथमा सानी छोरी सहित पनौती आइपुगेकी थिइन् ।

तर खानीखोला गाउँपालिकाको वडा नम्बर १ स्थित कालिका प्राथमिक विद्यालय हातिडाँडाका प्रधानाध्यापक जुनिमाया गोले र उहाँकी ३ बर्षिया छोरी स्मारिकाले उपचार गर्नै पाएनन् । बनेपाबाट पनौती तर्फ जादै गरेको बा ५ ख नम्बर ५४८० ले पनौती बसपार्कमै ठक्कर दियो छोरी स्मारिकालाई । स्मारिकालाई जोगाउन खोज्दा आमा जुनीमायालाई पनि टिपरले ठक्कर दियो । जुनी माया गाउँको गाडीबाट ओर्लिएपछि स्मारिका र बुबा जगत बहादुर गोलेलाई खाजा खुवाएर सामान किन्न हिड्दै थिए सडक किनारामा ।

छोरीको साथमा जगत बहादुर भुकम्पको अनुदानबाट निर्माण गर्न लागिएको आफ्नै घरको लागि समान लिन पनौती आएका थिए । बुबालाई सामान किनेर गाउँ पठाउने र आफु उपचारका लागि बनेपा आउने तयारीमा थिइन् जुनीमाया । तर न त सामान किन्न पाइन्, न त उपचार गर्न नै । छोरी र नातिनीको मृत्युको खबर सुनेर आमा पनि अचेत अवस्थामा पुगेकी छन् ।

जुनीमायाको माइती घर काभ्रेकै बेथानचोक गाउँपालिका वडा नम्बर ५ च्यासिङखर्कको गोले टोल हो । उनका श्रीमान छिरिङ तामाङ हाल रोजगारीका सिलसिलामा मलिसिया छन् ।

जुनीमाया र उनका छोरी स्मारिकालाई ठक्करदिने टिपर चालक रोशी गाउपालिका वडा नम्बर ६ घर भएका ३५ बर्षीय नबराज थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७६, ४ चैत्र मंगलबार  १२ : ५४ बजे

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता

“बागबजारको होडिङ बोर्ड” सपना र संघर्ष

धेरैपछि काठमाडौँ आएको छु,अन्तर्राष्ट्रिय विमानस्थलबाट झर्दा पहिलो सासमै केही फरक

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका