२०८२, १४ फाल्गुन बिहीबार

टिपर नम्बर ५४८०ः जसले उपचार गर्न आएका आमा-छोरीको ज्यान लियो

टिपर नम्बर ५४८०ः जसले उपचार गर्न आएका आमा-छोरीको ज्यान लियो


  • प्रकाश सुन्दास

धुलिखेल, ४ फागुनः विद्यालयमा बार्षिक परीक्षा चलिरहेको थियो । प्राधानध्यापक भएका कारण सबै जिम्मा पनि लिनु नै पर्ने । तर ज्यानमा सञ्चो नभएपछि सहकर्मीलाई परीक्षाको जिम्मा लगाएर उनी उपचाका लागि बुबाको साथमा सानी छोरी सहित पनौती आइपुगेकी थिइन् ।

तर खानीखोला गाउँपालिकाको वडा नम्बर १ स्थित कालिका प्राथमिक विद्यालय हातिडाँडाका प्रधानाध्यापक जुनिमाया गोले र उहाँकी ३ बर्षिया छोरी स्मारिकाले उपचार गर्नै पाएनन् । बनेपाबाट पनौती तर्फ जादै गरेको बा ५ ख नम्बर ५४८० ले पनौती बसपार्कमै ठक्कर दियो छोरी स्मारिकालाई । स्मारिकालाई जोगाउन खोज्दा आमा जुनीमायालाई पनि टिपरले ठक्कर दियो । जुनी माया गाउँको गाडीबाट ओर्लिएपछि स्मारिका र बुबा जगत बहादुर गोलेलाई खाजा खुवाएर सामान किन्न हिड्दै थिए सडक किनारामा ।

छोरीको साथमा जगत बहादुर भुकम्पको अनुदानबाट निर्माण गर्न लागिएको आफ्नै घरको लागि समान लिन पनौती आएका थिए । बुबालाई सामान किनेर गाउँ पठाउने र आफु उपचारका लागि बनेपा आउने तयारीमा थिइन् जुनीमाया । तर न त सामान किन्न पाइन्, न त उपचार गर्न नै । छोरी र नातिनीको मृत्युको खबर सुनेर आमा पनि अचेत अवस्थामा पुगेकी छन् ।

जुनीमायाको माइती घर काभ्रेकै बेथानचोक गाउँपालिका वडा नम्बर ५ च्यासिङखर्कको गोले टोल हो । उनका श्रीमान छिरिङ तामाङ हाल रोजगारीका सिलसिलामा मलिसिया छन् ।

जुनीमाया र उनका छोरी स्मारिकालाई ठक्करदिने टिपर चालक रोशी गाउपालिका वडा नम्बर ६ घर भएका ३५ बर्षीय नबराज थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७६, ४ चैत्र मंगलबार  १२ : ५४ बजे

वर्षौँको प्रतीक्षा अब अन्त्य हुँदैछ : पनौती बदल्ने प्रतिबद्धतासहित अमित लामा घरदैलोमा

पनौती । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवार तथा

एमाले र रास्वपाका कार्यकर्ताबीच झडप, दुई जना घाइते

धनगढी। एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच बैतडीमा

शेरबहादुर देउवा सिंगापुर प्रस्थान

काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका

शंकर पोखरेलको विकास दृष्टि : संरचना,स्थायित्व र समृद्ध भविष्यको रणनीतिक मार्गचित्र

राजनीतिमा प्रतिबद्धता धेरैले व्यक्त गर्छन् । तर त्यसलाई योजनाबद्ध दृष्टि,

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन