२०८३, १५ श्रावण शनिबार

कोरोना भाइरस सचेतनाः बनेपा प्रहरीको निःशुल्क मास्क अभियान

कोरोना भाइरस सचेतनाः बनेपा प्रहरीको निःशुल्क मास्क अभियान


धुलिखेल, ३ चैतः इलाका प्रहरी कार्यालय बनेपाले सचेतना मुलक कार्यक्रम सोमबार पनि जारी राखेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत निःशुल्क मास्क वितरण र स्वास्थ्य परीक्षण आइतबारबाट सुरु गरेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए ।

प्रहरीले बनेपा नगरपालिका वडा नम्बर ७ चारदोबाटोमा हेल्प डेक्स स्थापना सर्वसाधरणको स्वास्थ्य परिक्षण र निःशुल्क मास्क वितरण गर्न थालेको हो । प्रहरीले दुई अस्पतालको सहयोगमा निःशुल्क सुगर र प्रेसर जाँच गर्ने गरेको छ । त्यस्तै कोरोना भाइरसबाट खोगिने पर्चा र पम्प्लेट पनि वितरण गर्ने गरेको प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले बताए । यसलाई अभियानकै रुपमा निरन्तरता दिने उनको भनाई छ ।

बनेपा हेल्थ केयर प्रा.लि. को संयुक्त सहकार्यमा स्थापना गरिएको स्वास्थ्य डेक्सको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका निमित्त कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक किशोर कुमार दाहाले अवलोकन गरेका छन् । इप्रका बनेपाका प्रमुख योगेन्द्र तिमल्सिनाका अनुसार आइतबार ५ सय थान मास्क वितरण गरिएको छ । त्यस्तै १८ सय जना सर्वसारधणको स्वास्थ्य परीक्षण गरिएको छ ।

प्रकाशित मिति : २०७६, ३ चैत्र सोमबार  २ : ०२ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने