२०८२, ९ मंसिर मंगलबार

कोरोना भाइरस सचेतनाः बनेपा प्रहरीको निःशुल्क मास्क अभियान

कोरोना भाइरस सचेतनाः बनेपा प्रहरीको निःशुल्क मास्क अभियान


धुलिखेल, ३ चैतः इलाका प्रहरी कार्यालय बनेपाले सचेतना मुलक कार्यक्रम सोमबार पनि जारी राखेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत निःशुल्क मास्क वितरण र स्वास्थ्य परीक्षण आइतबारबाट सुरु गरेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए ।

प्रहरीले बनेपा नगरपालिका वडा नम्बर ७ चारदोबाटोमा हेल्प डेक्स स्थापना सर्वसाधरणको स्वास्थ्य परिक्षण र निःशुल्क मास्क वितरण गर्न थालेको हो । प्रहरीले दुई अस्पतालको सहयोगमा निःशुल्क सुगर र प्रेसर जाँच गर्ने गरेको छ । त्यस्तै कोरोना भाइरसबाट खोगिने पर्चा र पम्प्लेट पनि वितरण गर्ने गरेको प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले बताए । यसलाई अभियानकै रुपमा निरन्तरता दिने उनको भनाई छ ।

बनेपा हेल्थ केयर प्रा.लि. को संयुक्त सहकार्यमा स्थापना गरिएको स्वास्थ्य डेक्सको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका निमित्त कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक किशोर कुमार दाहाले अवलोकन गरेका छन् । इप्रका बनेपाका प्रमुख योगेन्द्र तिमल्सिनाका अनुसार आइतबार ५ सय थान मास्क वितरण गरिएको छ । त्यस्तै १८ सय जना सर्वसारधणको स्वास्थ्य परीक्षण गरिएको छ ।

प्रकाशित मिति : २०७६, ३ चैत्र सोमबार  २ : ०२ बजे

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री

आगामी निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा ‘सूर्य’, नयाँ दलहरू ‘फर्स्ट कम फर्स्ट’ आधारम

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

सिंहदरबार प्रवेशमा रोक : जेन–जी समूह प्रधानमन्त्रीसँग भेट्न नसक्दा नाराबाजी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन आज पनि

लुटिएको प्रहरी हतियारसहित तीन जना इलाममा पक्राउ

विराटनगर । काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट भदौ २४ गते

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा