२०८३, १८ बैशाख शनिबार

कोरोना भाइरस सचेतनामा बनेपा प्रहरीको सक्रियताः निःशुल्क मास्क वितरण र स्वास्थ्य परीक्षण

कोरोना भाइरस सचेतनामा बनेपा प्रहरीको सक्रियताः निःशुल्क मास्क वितरण र स्वास्थ्य परीक्षण


धुलिखेल, २ फागुनः चौतरर्फी कोरोना भाइरसको त्रास फैलिरहेको बेला इलाका प्रहरी कार्यालय बनेपाले सचेतना मुलक कार्यक्रम सुरु गरेको छ । आइतबारबाट समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत निःशुल्क मास्क वितरण र स्वास्थ्य परीक्षण सुरु गरेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए ।

प्रहरीले शीर मेमोरियल अस्पताल बनेपा र बनेपा हेल्थ केयर प्रा.लिको मिलेर सर्वधारणको स्वास्थ्य परिक्षण र निःशुल्क मास्क विरतण कार्यक्रम सुरु गरेको हो । इप्रका बनेपाका प्रमुख योगेन्द्र तिमल्सिनाका अनुसार आइतबार ५ सय थान मास्क वितरण गरिएको छ । त्यस्तै १८ सय जना सर्वसारधणको स्वास्थ्य परीक्षण गरिएको छ ।

प्रहरीले बनेपा नगरपालिका वडा नम्बर ७ चारदोबाटोमा हेल्प डेक्स स्थापना गरेको छ । प्रहरीले दुई अस्पतालको सहयोगमा निःशुल्क सुगर र प्रेसर जाँच गर्ने गरेको छ । त्यस्तै कोरोना भाइरसबाट खोगिने पर्चा र पम्प्लेट पनि वितरण गर्ने गरेको प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले जानकारी बताए । उनले यसलाई अभियानकै रुपमा निरन्तरता दिने बताए । ‘अहिले समाजमा जुन त्रास देखिएको त्यसलाई चिर्न प्रत्यक्ष चिकित्सकहरुसँग सर्वसाधरणले साक्षात्कार समेत गर्ने वातावणर मिलेको छ, उनले भने ‘यसलाई हामीले निरन्तरता दिन्छौँ ।’

प्रकाशित मिति : २०७६, २ चैत्र आईतबार  ८ : ०७ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा