२०८३, ७ कार्तिक शनिबार

मनाङलाई आरा रारा गोल्डकपको उपाधि

मनाङलाई आरा रारा गोल्डकपको उपाधि


काठमाण्डौ १ चैतः १८ औं आरा १ रारा गोल्डकप फुटबलको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४(३ ले पराजित गर्दै मनाङले छैटौं पटक उपाधि उचालेको हो ।

पोखरा रंगशालामा भएको निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । तर टाइब्रेकरमा मनाङले बाजी मार्‍यो । टाइब्रेकरमा पुलिसका भेला सिलवाल, हेम तामाङ र बुद्ध बलले गोल गरे भने मनाङका अन्जन विष्ट, पुजन उपरकोटी, सुरज विके र रञ्जन विष्टले गोल गरे । पुलिसका गोलरक्षकले मनाङको दोस्रो पेनाल्टी रोकेका थिए तर मनाङका गोलरक्षक अजित बरालले पुलिसका तेल तामाङको बल पनि रोके ।

पाँचौं नम्बरमा आएका पुलिसका अजितको प्रहार पनि अजितले रोकेपछि मनाङलाई अवसर आयो, जसमा रञ्जनले कुनै गल्ती गरेनन् ।

प्रकाशित मिति : २०७६, १ चैत्र शनिबार  ५ : ५० बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने