२०८२, ९ कार्तिक शनिबार

भोलीदेखि काभ्रेको ६ वटा पालिकाका नागरिकको उपचार धुलिखेल अस्पतालमा

भोलीदेखि काभ्रेको ६ वटा पालिकाका नागरिकको उपचार धुलिखेल अस्पतालमा


धुलिखेल, ३० फागुनः काभ्रे जिल्लामा बागमती प्रदेश मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम भोली देखि सुरु हुने भएको छ । जिल्लाको ६ वटा नगरपालिकाका महिला स्वास्थ्य स्वयम सेविका, अति गरिब, लोपउन्मुख, जनयुद्ध र जनआन्दोलनका घाइतेहरुको स्वास्थ्य परीक्षण निःशुल्क गरिनेछ ।

धुलिखेल सामुदायिक अस्पतालमा स्वास्थ्य परीक्षण गराउने ब्यवस्था मिलाइएको छ । १ हजार ८ सय ५० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराउन पाउनेछन् । २५ प्रतिशत छुटमा २ हजार ४ सय ५० जनाले स्वास्थ्य परीक्षण गराउन पाउनेछन् । यो छुट पाउने ब्यक्ति पनि गरिब वर्गभित्रैकै हुनुपर्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर नगेन्द्र कुमार झाले जानकारी दिए ।

धुलिखेल र मण्डनदेउपुरका स्थानीयले चैत महिनाको हरेक शनिबार स्वास्थ्य परीक्षण गराउन पाउनेछन् । पाँचखाल र पनौती नगरपालिकाका स्थानीयलाई बैशाख महिनाको हरेक शनिबार स्वास्थ्य जाँच गराउने ब्यवस्था मिलाइएको छ । नमोबुद्ध र बनेपाका स्थानीयले भने जेठ महिनाको हरेक शनिबार स्वास्थ्य परीक्षण गराउन पाउने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर झाले बताए ।

महिला स्वास्थ्य स्वयम सेविका, अति गरिब, लोपउन्मुख, जनयुद्ध र जनआन्दोलनका घाइतेले वडा कार्यालयको सिफारिस लिएर अस्पताल जानुपर्नेछ । २५ प्रतिशत छुटमा उपचार गराउनेले पनि वडा कार्यालयकाे सिफारिस लिनुपर्नेछ । गाउँपालिकाहरुमा पनि छिट्टै यो कार्यक्रम लागु गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर झाले बताउनुयभयो ।

प्रकाशित मिति : २०७६, ३० फाल्गुन शुक्रबार  ५ : ३२ बजे

विश्वकप लिग–२ को पहिलो खेलमा नेपाल अमेरिकासँग भिड्दै

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनैपनि मौसम

आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’ मनाइँदै

जनकपुरधाम । सूर्यदेवको आराधना र सन्तानको कल्याणको कामनासहित मनाइने चारदिने