२०८३, १२ आश्विन मंगलबार

भोलीदेखि काभ्रेको ६ वटा पालिकाका नागरिकको उपचार धुलिखेल अस्पतालमा

भोलीदेखि काभ्रेको ६ वटा पालिकाका नागरिकको उपचार धुलिखेल अस्पतालमा


धुलिखेल, ३० फागुनः काभ्रे जिल्लामा बागमती प्रदेश मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम भोली देखि सुरु हुने भएको छ । जिल्लाको ६ वटा नगरपालिकाका महिला स्वास्थ्य स्वयम सेविका, अति गरिब, लोपउन्मुख, जनयुद्ध र जनआन्दोलनका घाइतेहरुको स्वास्थ्य परीक्षण निःशुल्क गरिनेछ ।

धुलिखेल सामुदायिक अस्पतालमा स्वास्थ्य परीक्षण गराउने ब्यवस्था मिलाइएको छ । १ हजार ८ सय ५० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराउन पाउनेछन् । २५ प्रतिशत छुटमा २ हजार ४ सय ५० जनाले स्वास्थ्य परीक्षण गराउन पाउनेछन् । यो छुट पाउने ब्यक्ति पनि गरिब वर्गभित्रैकै हुनुपर्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर नगेन्द्र कुमार झाले जानकारी दिए ।

धुलिखेल र मण्डनदेउपुरका स्थानीयले चैत महिनाको हरेक शनिबार स्वास्थ्य परीक्षण गराउन पाउनेछन् । पाँचखाल र पनौती नगरपालिकाका स्थानीयलाई बैशाख महिनाको हरेक शनिबार स्वास्थ्य जाँच गराउने ब्यवस्था मिलाइएको छ । नमोबुद्ध र बनेपाका स्थानीयले भने जेठ महिनाको हरेक शनिबार स्वास्थ्य परीक्षण गराउन पाउने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर झाले बताए ।

महिला स्वास्थ्य स्वयम सेविका, अति गरिब, लोपउन्मुख, जनयुद्ध र जनआन्दोलनका घाइतेले वडा कार्यालयको सिफारिस लिएर अस्पताल जानुपर्नेछ । २५ प्रतिशत छुटमा उपचार गराउनेले पनि वडा कार्यालयकाे सिफारिस लिनुपर्नेछ । गाउँपालिकाहरुमा पनि छिट्टै यो कार्यक्रम लागु गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर झाले बताउनुयभयो ।

प्रकाशित मिति : २०७६, ३० फाल्गुन शुक्रबार  ५ : ३२ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय