२०८२, ३० चैत्र मंगलबार

भारतमा कोरोना भाइरसका कारण पहिलो पटक मानिसको मृत्यु

भारतमा कोरोना भाइरसका कारण पहिलो पटक मानिसको मृत्यु


काठमाडौं ३० फागुनः कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट भारतमा पहिलोपटक मानिसको ज्यान गएको छ । भारत कर्नाटकका ७६ वर्षीय एक व्यक्तिको कारोना संक्रमणका कारण ज्यान गएको हो । भारतको स्वस्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कारोना संक्रमित एकजनाको मृत्यु भएको पुष्टि गरेको छ ।

मन्त्रालयका अनुसार ती व्यक्ति २९ जनवरी २०२० देखि २९ फेब्रुअरी २०२० सम्म साउदी अरबमा बिताएर भारत फर्किएका थिए । साउदीबाट फर्किएलगत्तै उनमा श्वासप्रश्वास र निमोनिया देखिएको थियो । लगत्तै ६ मार्चमा उनको घर पुगेर चिकित्सकले उपचार गरेका थिए । यद्यपि, उनको स्वास्थ्य अवस्था बिग्रिँदै गयो । त्यसपछि ९ मार्चमा एक निजी अस्पतालमा उनलाई भर्ना गरिएको थियो । अस्पतालले गरेको परीक्षणमा उनमा कोरोना भाइरस रहेको पुष्टि भएको थियो ।

कर्नाटक राज्यको स्वास्थ्य तथा परिवार कल्याण विभागले सबै दिशानिर्देशनहरूको पालना गरिएको जनाउँदै ती व्यक्तिको सम्पर्कमा पुगेका सबैलाई ल्याउने प्रयास भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २०७६, ३० फाल्गुन शुक्रबार  ८ : ०८ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४