२०८२, ९ कार्तिक शनिबार

श्रम स्वीकृति स्थगित, नो अब्जेक्सन सर्टिफिकेट वितरण पनि रोकियो

श्रम स्वीकृति स्थगित, नो अब्जेक्सन सर्टिफिकेट वितरण पनि रोकियो


काठमाण्डौ, ३० फागुनः नेपाल सरकारले वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ । अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिल अगाडि नो अब्जेक्सन सर्टिफिकेट नदिने निर्णय सरकारले गरेको छ ।

विश्व स्वास्थ्य स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसलाई महामारीको घोषणा गरेपछि बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि नेपाल सरकारले दक्षिण कोरियामा मात्र मार्च महिनाभरका लागि कामदारहरु नपठाउने निर्णय गरेको थियो । नेपालीका श्रम गन्तव्य मुलुकहरुसमेत कोरोना भाइरसबाट आक्रान्त भएपछि नेपाल सरकारले श्रम स्वीकृति रोक्ने निर्णय गरेको हो ।

संक्रमित बढ्दै गएपछि कोरिया र कतारले विदेशी नागरिकहरुलाई प्रवेशमा रोक लगाइसकेका छन् भने कुवेतले सबै उडानहरु रोकेपछि स्वतः अन्य मुलुकका नागरिक भित्रिन पाएका छैनन् । विदेशमा रहेका नेपालीहरुलाई अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र विदेशमा रहँदा उच्च सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।

तेस्रो मुलुकका नागरिकहरुलाई स्थलमार्ग हुँदै नेपाल प्रवेशमा दिइँदै आएको सुविधा १४ मार्च २०२० देखि ३० अप्रिल २०२०सम्मका लागि स्थगित गरिएको छ । विदेशीहरुलाई दिइँदै आएको अनअराइभल भिसा १४ मार्च २०२० देखि ३० अप्रिल २०२० सम्मका लागि स्थगित गरिएको छ । यसअघि भिसा लिइसकेका विदेशी नागरिकहरुले नेपालको अध्यागमन विन्दुमा आईपुग्ने मितिभन्दा सात दिनभित्रको स्वास्थ्य जाँच रिपोर्ट अध्यागमन कार्यालयमा बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोना भाइरस रोकथामका उपायस्वरुप पर्यटक भिसा नदिने र छिमेकी मुलुक भारतसँग जोडिएका सीमानाकाहरु सीमित गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २०७६, ३० फाल्गुन शुक्रबार  ७ : ४३ बजे

विश्वकप लिग–२ को पहिलो खेलमा नेपाल अमेरिकासँग भिड्दै

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनैपनि मौसम

आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’ मनाइँदै

जनकपुरधाम । सूर्यदेवको आराधना र सन्तानको कल्याणको कामनासहित मनाइने चारदिने