२०८३, १२ आश्विन मंगलबार

महाभारत र मण्डनदेउपुरमा स्वास्थ्य कोरोना भाइरसको अभिमुखिकरण

महाभारत र मण्डनदेउपुरमा स्वास्थ्य कोरोना भाइरसको अभिमुखिकरण


धुलिखेल, २८ फागुनः काभ्रेको मण्डनदेउपुर नगरपालिका र महाभारत गाउँपालिकामा कोरोनाभाइरस (कोभिड–१९) का बारे अभिमुखिकरण कार्यक्रम गरिएको छ । बुधबार महाभारत गाउँपालिका र मण्डदेउपुर नगरपालिकाको स्वास्थ्य शाखाले गरेको कार्यक्रममा कोरोना भाइरसको नकारात्मक भ्रम फैलिएको भन्दै गाउँ गाउँमा चेतना मुलक कार्यक्रम सञ्चालन गर्ने पनि बताइएको छ ।

मण्डदेउपुर नगरपालिकाको स्वास्थ्य शाखाले दादुरा–रुबेला खोपलाई प्रभावकारी बनाउन ५९ वटै खोप केन्द्रलाई सक्रिय बनाउने निर्णय गरेको छ । बैठकले पालिकाभित्रका सबै स्वास्थ्य संस्थालाई खोप अभियान सफल बनाउन परिचालन गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य शाखाले वडा नम्बर २ को बालुवा स्वास्थ्य चौकी र १२ नम्बर वडामा रहेको ज्याम्दी स्वास्थ्य चौकीलाई रेफ्रिजेनेरेटर प्रदान गरेको छ । शाखाले पालिका भित्रका सबै स्वाथ्य संस्थालाई कम्प्युटर र प्रिन्टर पनि प्रदान गरेको नगरपालिकाका प्रबक्ता डिल्लि प्रसाद आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, २८ फाल्गुन बुधबार  ६ : ३७ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय