२०८२, २६ मंसिर शुक्रबार

काभ्रेमा एसइइको ४० वटा परीक्षा केन्द्र

काभ्रेमा एसइइको ४० वटा परीक्षा केन्द्र


धुलिखेल, २६ फागुनः जिल्ला परीक्षा समन्वय समिति काभ्रेले यो वर्ष हुने माध्यमिक शिक्षा परीक्षा एसइई को तयारी तीब्र पारेको छ । एसईई परीक्षामा यो वर्षको काभ्रे जिल्लाबाट नियमित तर्फ ७ हजार दुई सय चालिस जना विद्यार्थी सहभागि हुदैँ छन् ।

आंशिकतर्फ भने जम्मा ३५ जना मात्रै विद्यार्थी रहेको शिक्षा बिकास तथा समन्वय ईकाई काभ्रेका प्रमुख गोकर्ण ध्वज कार्कीले जानकारी दिए । नियमित र आंशिकका गरी सात हजार दुई सय ७५ विद्यार्थीका लागि ४० वटा परीक्षा केन्द्र तोकिएको छ ।

परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन जिल्ला परीक्षा समन्वय समिति मार्फत सबै तयारी भईरहेको समन्वय ईकाईका प्रमुख कार्कीले बताए । ‘एसइइ परीक्षाको तयारी निकै तीब्र पारेका छौँ, कार्कीले भने ‘सुरक्षा, प्रश्नपत्र, केन्द्राध्यक्ष छनौट समयमै हुन्छ ।’ यो वर्षको एसइई परीक्षा चैत्र ६ गते देखि सुरु हुदैँछ ।

प्रकाशित मिति : २०७६, २६ फाल्गुन सोमबार  ६ : ०७ बजे

शीतलनिवासमा नवनियुक्त चार मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त चार मन्त्रीले शुक्रबार शीतलनिवासमा पद तथा गोपनीयताको

एमाले महाधिवेशन १०८ रोपनी क्षेत्रमा उपत्यकाको संस्कृति झल्किने भव्य मञ्च

भक्तपुर । नेकपा (एमाले)ले ११औँ महाधिवेशनको उद्घाटनका लागि भक्तपुर सल्लाघारीमा

पाल्पामा जिप दुर्घटना : तीनको मृत्यु, दुई जनाको पहिचान खुल्याे, आठ जना घाइते

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४, मित्याल चिउरेबासमा जिप दुर्घटना हुँदा

शेरधन राईको दाबी ‘सचिव पद मेरो स्वाभाविक हक, रोक्न सक्ने कोही छैन’

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले आगामी

ईश्वर पोखरेल सुशीलासँग मिलेर मेरो विरुद्ध लागे : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र वरिष्ठ