२०८३, २७ आश्विन बुधबार

चीनले भन्यो: ‘अर्को महिना कोरोना भाइरसका केही खोप तयार हुन्छ’

चीनले भन्यो: ‘अर्को महिना कोरोना भाइरसका केही खोप तयार हुन्छ’


काठमाण्डौ २३ फागुन: चीनले कोरोना भाइरस कोभिड–१९ को खोपको विषयमा अनुसन्धान भइरहेको बताएको छ । र, आपतकालीन प्रयोगका लागि अर्को महिना केही खोप उपलब्ध हुन सक्ने बताएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगको विज्ञान तथा प्रविधि विकास केन्द्रका निर्देशक झेङ झोङवेईका अनुसार खोपका लागि भाइरसको पाँच ओटा पक्षलाई आधार बनाइएको छ । र, यसमा स्थिर रुपमा सुधार आइरहेको बताएका छन् । अझै पनि भाइरसबाट सिक्ने क्रम जारी रहेको र अनुसन्धानको क्रममा थप कठिनाइ आउन सक्ने समेत उनले बताएका छन् ।

तर आगामी महिनाबाट केही खोप परीक्षणका लागि अनुमति दिइने केन्द्रीय सरकारी अधिकारी डिङ सियाङयाङले बताएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ । उनी हुवेई प्रान्तमा कोरोना भाइरसको विषयमा अध्ययन गर्दै आएका सरकारी अधिकारी हुन् ।

बालबालिकालाई पनि उत्तिकै जोखिम

कोरोना भाइरसको जोखिम बालबालिकामा पनि वयस्क मानिसमा जस्तै हुने गरेको चीनको दक्षिणी सहर सेन्जेन सहरका मानिसमा देखिएको संक्रमणको तथ्यांकले देखाएको छ । शोधकर्ताका अनुसार घरभित्रैका मानिसबाट यो रोग अन्य व्यक्तिमा सर्नसक्ने सम्भावना १५ प्रतिशत पाइएको थियो । यो दर समग्रमा भने ७ दशमलव ८ प्रतिशत छ ।

तर, १० वर्षभन्दा कम उमेरका बालबालिकामा यो रोग सर्नसक्ने सम्भावना ७ दशमलव ४ प्रतिशत रहेको अध्ययनमा देखिएको छ । शोधकर्ताले यो अध्ययन सेन्जेन सहरका ३९१ प्रमाणित संक्रमणमा जनवरी १४ देखि फेब्रुअरी १२ को बीचमा गरेका थिए ।

साथै बिरामीसँग निकट सम्बन्धमा रहेका १२८६ मानिसलाई पनि यो अनुसन्धानमा सामेल गराइएको थियो । विभिन्न शैक्षिक संस्थाका शोधकर्ताको संयुक्त अनुसन्धान मेडआरसिभमा प्रकाशित छ, जसअनुसार संक्रमितमध्ये ८४ प्रतिशतलाई शुरुमा ज्वरो देखिएको थियो ।  :एजेन्सी

प्रकाशित मिति : २०७६, २३ फाल्गुन शुक्रबार  ६ : १७ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल