२०८३, १२ आश्विन मंगलबार

काभ्रेमा कोरोना भाइरसको सर्तकताः ठूला जमघट हुने कार्यक्रम नराख्न सबै स्थानीय तहको उर्दी !

काभ्रेमा कोरोना भाइरसको सर्तकताः ठूला जमघट हुने कार्यक्रम नराख्न सबै स्थानीय तहको उर्दी !


धुलिखेल, २१ फागुनः काभ्रेका प्रायः सबै स्थानीय तहले ठूला जमघट हुने कार्यक्रम नगर्न उर्दी जारी गरेका छन् । सदमुकाम धुलिखेलमा विश्वब्यापी महामारिको रुप लिएको कोभिड–१९ (कोरोना भाइरस) उच्च सतर्कता आउने प्रतिबद्धता जनाएको भोली पल्टै उनीहरुले यस्तो उर्दी जारी गरेका हुन् । जिल्लाको ६ वटा नगरपालिका र ७ वटा गाउँपालिकाले नै भिडभाड हुने ठूला कार्यक्रमहरुको आयोजना नगर्न सबैलाई आग्रह गरेका छन् ।

मंगलबार जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीको संयोजकत्वमा बसेको बैठकले मानिसहरुको ठूला भिड हुने कुनै पनि कार्यक्रम तत्काललाई गर्न नदिने निर्णय गरेको थियो । त्यस्तै धुलिखेल अस्पताल र बनेपाको शीर मेमोरियल अस्पतालमा आइसोलेनस कक्ष सञ्चालनका लागि तयारी गर्ने समेत बैठकले निर्णय गरेको थियो ।

पनौती नगरपालिकाले बुधबार नगरभित्रका सामुदायिक र निजि विद्यालयका प्रधानाध्यापकहरुलाई बोलाएर कोरोनाबाट बच्ने उपायका बारे विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम गर्ने निष्र्कष निकालेको छ । त्यस्तै नगरपालिकाले सहकारीको नाममा सुचना निकालेर कार्यक्रम स्थगित भएको जानकारी गराउँदै सभा, सम्मेलन, गोष्ठी, भ्रमण, महोत्सव जस्ता भिडभाड हुने कुनै पनि कार्यक्रम तत्काल नगर्न निर्देशन जारी गरेको छ ।

पाँचखाल नगरपालिकाको शिक्षा शाखाले पनि सुचना मार्फत विद्यालयमा अभिभावक भेला, अतिरित्ति÷साँस्कृतिक कार्यक्रम, बिहानीको सामुहिक प्रार्थना, सभा, समारोह जस्ता क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

त्यसैगरी जिल्ला अति दुर्गम डाँडापारी क्षेत्रमा महाभारत गाँउपालिकाको वडा नम्बर ५ ले कोरोना भाइसर बच्न वडाबासीलाई सचेत गराएको छ ।

प्रकाशित मिति : २०७६, २१ फाल्गुन बुधबार  ६ : ५९ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय