२०८२, ९ मंसिर मंगलबार

प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण सुरु, पाँच घन्टामा प्रत्यारोपण सकिने

प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण सुरु, पाँच घन्टामा प्रत्यारोपण सकिने


काठमाडौ, २१ फागुनः प्रधानमन्त्री केपी ओलीको दोस्रोपटक मिर्गाैला प्रत्यारोपणको काम सुरु भएको छ । उनलाई भान्जी नाता पर्ने झापाकी ३२ वर्षीया समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिएकी छन् । ओली सोमबार साँझ नै शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका थिए ।

शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका प्रमुख प्रा.डा. उत्तमकुमार शर्मा र युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्दै छ । बिहान ९ बजेदेखि शल्यक्रिया सुरु गरिएको प्रत्यारोपण पाँच घन्टामा सकिने गरिने डा. ज्ञवालीले बताए ।

प्रधानमन्त्री ओलीको पहिलोपटक मिर्गाैला प्रत्यारोपण गरेका भारतीय चिकित्सक प्रा.डा. अनन्तकुमार पनि काठमाडौं आएका छन् । नेपाल मेडिकल काउन्सिलले मंगलबार उनलाई ६ दिनका लागि विदेशी नागरिक चिकित्सक दर्ता स्वीकृति दिएको छ । ओलीले ०६४ मा भारतको एपोलो अस्पतालमा पहिलोपटक मिर्गाैला प्रत्यारोपण गराएका थिए ।

प्रत्यारोपणको अन्तिम तयारीस्वरूप मंगलबार दिउँसो प्रधानमन्त्री ओलीको डायलाइसिस गर्नुका साथै पिसाब, रगत, छाती र दाँतको परीक्षण गरिएको थियो । सबैको रिपोर्ट सामान्य देखिएको छ । चिकित्सकहरूका अनुसार उनलाई प्रत्यारोपण गर्नुपूर्व दिइने प्रि–औषधिहरू दिन सुरु गरिएको छ । यसअघि नै प्रधानमन्त्री ओलीको मुटु, फोक्सो र कलेजोको परीक्षण भइसकेको छ । ओलीलाई शिक्षण अस्पतालको ६०१ नम्बर क्याबिनमा राखिएको छ ।

वरिष्ठ मिर्गाैला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेका अनुसार प्रत्यारोपण गर्नुअघि मुख्य रूपमा मुटु हेरिन्छ । ‘प्रत्यारोपण सफल–असफल हुने मुटुले निर्धारण गर्छ । प्रधानमन्त्रीको सबै स्वास्थ्य ठीक भएकाले प्रत्यारोपण गर्न लागिएको हो,’ काफ्ले भने ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने सर्जिकल टिममा डा. ज्ञवाली र डा. शर्माबाहेक डा. पवन चालिसे, डा. सुमन चापागाईं पनि छन् । भारतबाट आएका डा. अनन्तकुमार ‘ब्याक सपोर्ट’मा रहनेछन् । त्यस्तै, मेडिकल टिममा डा. दिव्या सिंह साह, डा. महेश सिग्देल, डा. मकुन्द काफ्ले, डा. रविन नेपाली छन् । एनेसथेसियासहित क्रिटिकल केयरमा डा. सुवास आचार्र्य र डा. अनिल श्रेष्ठ खटिएका छन् । पुनम सिन्हाको नेतृत्वमा पाँचजनाको नर्सिङ टोली छ । त्यस्तै, कलेजोमा समस्या देखिए डा. रमेशसिंह भण्डारी, फोक्सोमा समस्या देखिए डा. सन्तकुमार दास र मुटुमा समस्या देखिए डा. अरुण सायमी पनि तयारी अवस्थामा रहनेछन् ।

शिक्षण अस्पतालका अनुसार प्रधानमन्त्रीको शल्यक्रिया कलेजो प्रत्यारोपण गर्ने अप्रेसन थिएटरमा गरिनेछ । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै शल्यक्रियापछि उनलाई नियमित आइसियूमा नराखेर कलेजो प्रत्यारोपण युनिटकै आइसियूमा राखिनेछ ।
साभारः नयाँपत्रिका

प्रकाशित मिति : २०७६, २१ फाल्गुन बुधबार  ९ : २० बजे

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री

आगामी निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा ‘सूर्य’, नयाँ दलहरू ‘फर्स्ट कम फर्स्ट’ आधारम

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

सिंहदरबार प्रवेशमा रोक : जेन–जी समूह प्रधानमन्त्रीसँग भेट्न नसक्दा नाराबाजी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन आज पनि

लुटिएको प्रहरी हतियारसहित तीन जना इलाममा पक्राउ

विराटनगर । काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट भदौ २४ गते

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा