२०८२, ११ मंसिर बिहीबार

सिन्धुपाल्चोकमा ‘सुकुटे महोत्सव’ सुरु

सिन्धुपाल्चोकमा ‘सुकुटे महोत्सव’ सुरु


धुलिखेल, १७ फागुनः सिन्धुपाल्चोक जिल्लाको सुकुटेमा महोत्सव सुरु भएको छ । सुकुटेमा शनिबार सुरु महोत्सवको नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको हो । महोत्सव फागुन २० गतेसम्म चल्नेछ ।

सिन्धु पर्यटन व्यवसायी संघले आयोजना गरेको महोत्सवमा २० हजार पर्यटकले अवलोकन गर्ने बताइएको छ । महोत्सवमा तामाङ संस्कृति र झाँकी, नेवारी संस्कृति र धिमे बाजा, माझी समुदायको विशेष नाच र खैंजडी भजन आकर्षणका रुपमा राखिएको छ ।

त्यस्तै पालिका स्तरीय दोहोरी गीत, सिन्धुपाल्चोक र पर्यटन विषयमा पालिकास्तरीय वतृत्वकला प्रतियोगिता हुनेछ । लामोसाँघु–तामाखानी पदमार्गमा हाइकिङ, सुनकोशीमा र्याफ्टिङ प्रतिस्पर्धा समेत हुने सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले बताए । उनका अनुसार महोत्सवमा ५ करोडभन्दा बढीको आर्थिक कारोबार हुनेछ ।

प्रकाशित मिति : २०७६, १७ फाल्गुन शनिबार  ६ : ३९ बजे

मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सर्वोच्च अदालतमा दायर

नेपाली कांग्रेसमा महाधिवेशनको मांग र आन्तरिक संघर्षले पार्टी विभाजनको खतरा

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असहमतिले पार्टीको स्थिरता र आगामी

जसपाका बागमती अध्यक्षगोले एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका बागमतीप्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री