२०८२, २६ कार्तिक बुधबार

काभ्रेको चौरीदेउराली गाउँपालिकामा अध्यक्ष कप प्रतियोगीता सुरु

काभ्रेको चौरीदेउराली गाउँपालिकामा अध्यक्ष कप प्रतियोगीता सुरु


धुलिखेल, १७ फागुनः काभ्रेको चौरीदेउराली गाउँपालिकामा अध्यक्ष गोल्ड कप फुटबल प्रतियोगीता शनिबारबाट सुरु भएको छ । प्रतियोगिताको उद्घाटन पालिकाका अध्यक्ष दिननाथ गौतमले गरेका थिए ।

प्रतियोगीताको उद्घाटन खेलमा वडा नम्बर ५ र ९ बिच प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा वडा नम्बर ५ ले वडा नम्बर ९ लाई ३–२ गोल अन्र्तरले हराएको छ । त्यस्तै वडा नम्बर ८ र १ बिच भएको खेलमा वडा नम्बर १ ले वडा नम्बर ८ लाई २–१ गोलले हराएको गाउँपालिकाका प्रवक्ता बिनोद घिसिङले जानकारी दिए ।

प्रतियोगीतामा पहिलो हुने टिमले ५० हजार नगद, ट्रफि, प्रमाण पत्र र मेडल पाउने छ । दोस्रो हुने टिमले २५ हजार र तेस्रो हुने टिमले १० हजार नगद पुरस्कारको ब्यबस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतियोगीतामा ९ वटै वडाको एक–एक वटा टिम सहभागी भएका छन् । प्रतियोगीतको फाईनल खेल २० गते हुने प्रवक्ता घिसीङको भनाई छ ।

प्रकाशित मिति : २०७६, १७ फाल्गुन शनिबार  ६ : १९ बजे

ग्लोबल आईएमई बैंकको १९औँ वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई ८ प्रतिशत लाभांश

काठमाडौँ । नेपालकै सबैभन्दा ठूला र अग्रणी वाणिज्य बैंकहरूमध्ये एक

डिजिटल सेवामा अग्रसर नेपाल बैंक : दराजसँग भुक्तानी सेवा सम्झौता

काठमाडौं । नेपालको पहिलो र विश्वासिलो बैंक नेपाल बैंक लिमिटेडले

रारा ताल:धर्तिको अप्सरा जस्तो अनुपम सौन्दर्य

काठमाडौं । सुदूरपश्चिम नेपालको हिमाली काखमा बसेको रारा ताल, जसलाई

क्यारेबियनमा अमेरिकाको युद्ध तयारीपछि भेनेजुएलाको सैन्य शक्ति प्रदर्शन तीव्र

कराकास । दक्षिणी क्यारेबियन क्षेत्रमा अमेरिकाले युद्धपोत र शक्तिशाली पनडुब्बीहरू

मुख्यमन्त्री यादवले गरे पदभार ग्रहण, मधेसका शहीदलाई मधेस रत्न दिइने पहिलो निर्णय

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आज