२०८२, १८ श्रावण आईतबार

‘काभ्रे गोल्ड कप’ दोस्रो संस्करणको पुरस्कार राशी बढ्यो

‘काभ्रे गोल्ड कप’ दोस्रो संस्करणको पुरस्कार राशी बढ्यो


धुलिखेल, १७ फागुनः काभ्रे गोल्ड कपको दोस्रो संस्करण आगामी चैत १३ गतेदेखि हुने भएको छ । प्रतियोगिता २२ गतेसम्म धुलिखेल रंगशालामा चल्नेछ । प्रतियोगितामा राष्ट्रिय स्तरका ए डिभिजन क्लब र छिमेकी जिल्ला फुटबल संघका १० वटा टिम सहभागि हुने काभ्रे जिल्ला फुटबल संघका अध्यक्ष विकास नारायण श्रेष्ठले बताए ।

शनिबार पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यो वर्ष पुरस्कार राशी गत वर्षको भन्दा बढाइएको छ । यो वर्षको विजेताले ६ लाख नगद, ट्रफि र मेडल पाउने काभ्रे गोल्ड कप दोस्रो संस्करणका मुख्य संयोजक अमित कोजु श्रेष्ठले जानकारी दिए ।

त्यस्तै उपविजेताले ३ लाख नगद, ट्रफि र मेडल पाउने छ । अघिल्लो वर्षको विजेताले ४ लाख र उपविजेताले २ लाख पुरस्कार पाएका थिए । यो वर्ष म्यान अफ द म्याचको राशी पनि १० हजार पुर्याइएको छ । गत वर्ष ५ हजार मात्रै थियो ।

प्रकाशित मिति : २०७६, १७ फाल्गुन शनिबार  ३ : ४९ बजे

सप्तरीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीको हवाइफायर : २ सय ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका–१ बडिबिरपुरमा आइतबार बिहान लागुऔषध कारोबारी

डोङफेङले चाडपर्वअघि ‘अर्ली फेस्टिभ अफर’ घोषणा, सुरक्षा पक्षमा प्रश्न उठ्दै

काठमाडौं । डोङफेङले चाडपर्वअघि ‘अर्ली फेस्टिभ अफर’ सुरु गर्दै नेपाली

गरिमा समृद्धि योजनाले ५.१० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रवर्द्धनमा र गरिमा क्यापिटल

बजेट कार्यान्वयनमा तिव्रता : अर्थ मन्त्रालयले थाल्यो मन्त्रालयगत छलफल

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनमा तिव्रता दिन