२०८२, २२ चैत्र सोमबार

‘काभ्रे गोल्ड कप’ दोस्रो संस्करणको पुरस्कार राशी बढ्यो

‘काभ्रे गोल्ड कप’ दोस्रो संस्करणको पुरस्कार राशी बढ्यो


धुलिखेल, १७ फागुनः काभ्रे गोल्ड कपको दोस्रो संस्करण आगामी चैत १३ गतेदेखि हुने भएको छ । प्रतियोगिता २२ गतेसम्म धुलिखेल रंगशालामा चल्नेछ । प्रतियोगितामा राष्ट्रिय स्तरका ए डिभिजन क्लब र छिमेकी जिल्ला फुटबल संघका १० वटा टिम सहभागि हुने काभ्रे जिल्ला फुटबल संघका अध्यक्ष विकास नारायण श्रेष्ठले बताए ।

शनिबार पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यो वर्ष पुरस्कार राशी गत वर्षको भन्दा बढाइएको छ । यो वर्षको विजेताले ६ लाख नगद, ट्रफि र मेडल पाउने काभ्रे गोल्ड कप दोस्रो संस्करणका मुख्य संयोजक अमित कोजु श्रेष्ठले जानकारी दिए ।

त्यस्तै उपविजेताले ३ लाख नगद, ट्रफि र मेडल पाउने छ । अघिल्लो वर्षको विजेताले ४ लाख र उपविजेताले २ लाख पुरस्कार पाएका थिए । यो वर्ष म्यान अफ द म्याचको राशी पनि १० हजार पुर्याइएको छ । गत वर्ष ५ हजार मात्रै थियो ।

प्रकाशित मिति : २०७६, १७ फाल्गुन शनिबार  ३ : ४९ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर