धुलिखेल १६ फागुन : पार्टीभित्र विवाद उत्कर्स बनिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने शुक्रबार दिउँसो सुकुटे पुगेका छन् ।
चितवनबाट सिधैं सिन्धुपाल्चोकको सुकुटे पुगेका प्रचण्डले भोलि ९शनिबार० ‘प्रथम सुकुटे महोत्सव २०७६’ उदघाट्न गर्ने कार्यक्रम छ । पत्नी सीता, छोरी गंगासहित उनी चौतारा साँगाचोकगढी नगर क्षेत्रको चर्चित पर्यटकीयस्थल सुकुटेस्थित भोटेकोशी बिच रिर्सोटमा पुगेका हुन् । प्रचण्डले आफूलाई रिफ्रेस गराउन विगतदेखि नै यस ठाउँलाई रोज्दै आएका छन् ।
अहिलेसम्म सात पटकसम्म सुकुटे बिच रिर्सोट आइसकेका दाहालले यो पटक आराम गर्नका लागि अर्को स्थानको भोटेकोशी बिचलाई रोजेका हुन् ।
प्रतिक्रिया