काठमाडौं १६ फागुन : सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको आरोप लागेपछि निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि झुठा लान्छना लगाएको र गालीबेइज्जती गरेको भन्दै अदालतमा मुद्दा हालेका छन्।
बास्कोटाले मिश्रले मुलुकी अपराध संहिता ऐनको दफा २९३, ३०५, ३०६ र ३०७ विपरीतको काम गरेको जिकिर गरेका छन् र ऐनको दफा २९३ ९२०, दफा ३०५ ९३० र ३०७ ९१० अनुसार हदैसम्म सजाय माग गरेका छन् ।
बास्कोटाले अनुमति नलिई कुराकानी रेकर्ड गरेका कसूरमा कारबाही माग गरे पनि उक्त अडियो फरक परिस्थिति र विभिन्न सन्दर्भमा बोलेका कुरालाई आधुनिक प्रविधिको दुरुपयोग गरी आफूलाई बदनाम गराउने उद्देश्यले सञ्चार माध्यममा पुर्याएको दावी गरेका छन् ।
बास्कोटाले मिश्रविरुद्ध अनुमति नलिई अडियो रेकर्ड गरेको, गाली गरेको, सञ्चार माध्यममार्फत बेइज्जत गरेको आरोपमा कारबाही माग गरेका छन् । जसअनुसार उनले अनुमति नलिई अडियो रेकर्ड गरेकामा २ वर्ष कैद र २० हजार जरिवाना, गाली गरेकामा १ वर्ष कैद र १० हजार जरिवाना र सञ्चार माध्यममार्फत बेइज्जती गरेकामा २ वर्ष कैद र २० हजार जरिवाना माग दावी गरेका छन् ।
प्रतिक्रिया