२०८२, १६ कार्तिक शनिबार

काभ्रेको महाभारत गाउँपालिकाले सुरु गर्यो ७ वटा वडामा मगर भाषाको पठनपाठन

काभ्रेको महाभारत गाउँपालिकाले सुरु गर्यो ७ वटा वडामा मगर भाषाको पठनपाठन


धुलिखेल, १६ फागुनः काभ्रेको अति दुर्गम डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाले मगर भाषाको पठनपाठन सुरु गरेको छ । पालिकामा गठन भएको मगर संघ संगको सहकार्यमा पालिकाले मगरभाषाको पठन पाठन सुरु गरेको हो । ८ वटा वडा रहेको पालिकाको दुई नम्बर वडा बाहेक ७ वटा वडामा मगरभाषाको पठनपाठन हुने पालिकाका प्रवक्ता रविन मोक्तानले जानकारी दिए ।

प्रवक्ता मोक्तालनका अनुसार वडा नम्बर २ भने तीन घर मात्रै मगर समुदाय रहेकाले उनीहरुलाई वडा नम्बर ८ मा पढ्ने ब्यवस्था मिलाइएको छ । वडाको पायक पर्ने ठाउँमा विहान र बेलुका दुई घण्टा कक्षा सञ्चालन हुनेछ । पालिकाले किताब र कापी निःशुल्क वितरण गरेको छ । ‘मगर समुदायको भाषा र संस्कृतिलाई जर्गेना गर्ने उद्देश्यले पठनपाठन सुरु गरेका हाँै, प्रवक्ता, मोक्तानले भने ‘यो भाषा पढ्न कुनै उमेर तोकिएको छैन, सबैले पढ्न पाउनुहुन्छ, वडा नम्बर २ बाहेक सबै वडामा पायक पर्ने ठाउँमा कक्षा सञ्चालन हुनेछ ।’

पालिकाले तीन जना प्रशिक्षक समेत नियुक्ति भइसकेको छ । २६ दिन कक्षा सञ्चालन हुनेछ । २०६८ सालका जनगणना अनुसार महाभारत गाउँपालिकामा मगर समुदायको जनसंख्या २१.२२ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : २०७६, १६ फाल्गुन शुक्रबार  ६ : ३६ बजे

एमालेको ११ औँ महाधिवेशन अब काठमाडौंमा हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मंसिरमा हुन

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण

बुटवल। धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या

एमालेको सचिवालय बैठक बस्दै, प्रतिनिधि चयनमा यस्तो छ

काठमाडौं। आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। बैठक अध्यक्ष केपी

तिलिचो बेसक्याम्पमा फसेका ११ पर्यटकको एपीएफले गर्‍यो उद्धार

काठमाडौं। उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा