२०८३, २२ आश्विन शुक्रबार

बास्कोटामाथिको आरोपमा प्रधानमन्त्रीले मुख खोले

बास्कोटामाथिको आरोपमा प्रधानमन्त्रीले मुख खोले


काठमाडौं–१५, फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक बास्कोटाको अडियो प्रकणका बारेमा मुख खोलेका छन् । निवर्तमान सञ्चार तथा सूचना प्रविधी एवं सहरी विकास मन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणका सम्बन्धमा प्रमाणित भए जसरी प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । प्रधानमन्त्री ओलीले आफ्नाविरुद्ध बात लागेपछि बास्कोटाले राजीनामा दिएको भन्दै बास्कोटाको बचाउ गरेका थिए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बागमती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भने, ‘आफूमाथि बात लागेपछि गोकुल बास्कोटाले राजीनामा दिनुभएको हो । मुद्दा लागेको छैन ।’

तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि लागेको आरोप प्रमाणित भइनसकेको बताए।आफू र बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीलाई पनि उनले पत्रुु को संज्ञा दिए।‘अहिलेसम्म टेप प्रकरण प्रमाणित छैन, बाँस्कोटाले होइन भनिरहनु भएको छ। स्वीस राजदूतावासले फ्रड हो भन्यो । आफ्नो नाममा बात लागेकाले राजीनामा दिनुभो, भ्रष्टाचार प्रमाणित भएजसरी प्रचार गर्नु आवश्यक छैन,’ ओलीले भने, ‘आरोप पुष्टि छैन। काम नलाग्ने पत्रु उजुरिको के काम। त्यो भ्रष्ट उजुरी हो।’ ‘आरोप सत्य हो होइन हेर्नु पर्‍यो। अनाडी मान्छेले रेकर्ड गरेको छ।

‘सत्यता छ भने कारबाही हुन्छ, होइन भने फटाहालाइ कारबाही हुन्छ,’ ओलीले भने, ‘मैले डिफेन्स गर्न खोज्या होइन, आन्दोलनलाई तुहाउन यस्तो काम भएको होला।’

उनले आफूले बाँस्कोटाको बचाउ नगरेको दाबी गर्दै अनुसन्धानपछि दोषी पाए कारबाही हुने बताए। आन्दोलनलाई तुहाउन बाँस्कोटामाथि यस्तो खेल भएको उनको तर्क थियो। उनले आफ्नो नियतमाथि प्रश्न नउठाउन पनि आग्रह गरे।‘म धन कमाउन हिँडेको होइन, देश बनाउन हिँड्या हो। पैसा कमाउने भए व्यापार गर्थेँ,’ ओलीले भने।

अडियो सार्वजनिक भएपछि दुई अध्यक्षको निर्देशनमा बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए। बाँस्कोटाको सोही टेपको कार्यकर्ताबीच प्रधानमन्त्री ओलीले बचाउ गरेका हुन्।

बास्कोटा स्वंयमले अडियो आफ्नो नभएको र न्याय खोज्छु भनेका छन् सम्बोधनका क्रममा उनले भने । भ्रष्टाचार भए नभएको छानवीन हुन्छ । आन्दोलनलाई बद्नाम गर्ने र नेताहरुको चरित्र हत्या गर्ने षड्यन्त्र भइरहेको ओलीको भनाई थियो । यदि भ्रष्टाचार भएको भए कारबाही गर्ने तर झुटो आरोप लगाएको भए त्यसको प्रतिवाद गरिन्छ, कार्यकर्तालाई सम्बोधन गर्र्दै ओलीले भने ।

प्रकाशित मिति : २०७६, १५ फाल्गुन बिहीबार  ६ : ५८ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य