२०८२, २४ कार्तिक आईतबार

बास्कोटामाथिको आरोपमा प्रधानमन्त्रीले मुख खोले

बास्कोटामाथिको आरोपमा प्रधानमन्त्रीले मुख खोले


काठमाडौं–१५, फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक बास्कोटाको अडियो प्रकणका बारेमा मुख खोलेका छन् । निवर्तमान सञ्चार तथा सूचना प्रविधी एवं सहरी विकास मन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणका सम्बन्धमा प्रमाणित भए जसरी प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । प्रधानमन्त्री ओलीले आफ्नाविरुद्ध बात लागेपछि बास्कोटाले राजीनामा दिएको भन्दै बास्कोटाको बचाउ गरेका थिए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बागमती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भने, ‘आफूमाथि बात लागेपछि गोकुल बास्कोटाले राजीनामा दिनुभएको हो । मुद्दा लागेको छैन ।’

तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि लागेको आरोप प्रमाणित भइनसकेको बताए।आफू र बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीलाई पनि उनले पत्रुु को संज्ञा दिए।‘अहिलेसम्म टेप प्रकरण प्रमाणित छैन, बाँस्कोटाले होइन भनिरहनु भएको छ। स्वीस राजदूतावासले फ्रड हो भन्यो । आफ्नो नाममा बात लागेकाले राजीनामा दिनुभो, भ्रष्टाचार प्रमाणित भएजसरी प्रचार गर्नु आवश्यक छैन,’ ओलीले भने, ‘आरोप पुष्टि छैन। काम नलाग्ने पत्रु उजुरिको के काम। त्यो भ्रष्ट उजुरी हो।’ ‘आरोप सत्य हो होइन हेर्नु पर्‍यो। अनाडी मान्छेले रेकर्ड गरेको छ।

‘सत्यता छ भने कारबाही हुन्छ, होइन भने फटाहालाइ कारबाही हुन्छ,’ ओलीले भने, ‘मैले डिफेन्स गर्न खोज्या होइन, आन्दोलनलाई तुहाउन यस्तो काम भएको होला।’

उनले आफूले बाँस्कोटाको बचाउ नगरेको दाबी गर्दै अनुसन्धानपछि दोषी पाए कारबाही हुने बताए। आन्दोलनलाई तुहाउन बाँस्कोटामाथि यस्तो खेल भएको उनको तर्क थियो। उनले आफ्नो नियतमाथि प्रश्न नउठाउन पनि आग्रह गरे।‘म धन कमाउन हिँडेको होइन, देश बनाउन हिँड्या हो। पैसा कमाउने भए व्यापार गर्थेँ,’ ओलीले भने।

अडियो सार्वजनिक भएपछि दुई अध्यक्षको निर्देशनमा बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए। बाँस्कोटाको सोही टेपको कार्यकर्ताबीच प्रधानमन्त्री ओलीले बचाउ गरेका हुन्।

बास्कोटा स्वंयमले अडियो आफ्नो नभएको र न्याय खोज्छु भनेका छन् सम्बोधनका क्रममा उनले भने । भ्रष्टाचार भए नभएको छानवीन हुन्छ । आन्दोलनलाई बद्नाम गर्ने र नेताहरुको चरित्र हत्या गर्ने षड्यन्त्र भइरहेको ओलीको भनाई थियो । यदि भ्रष्टाचार भएको भए कारबाही गर्ने तर झुटो आरोप लगाएको भए त्यसको प्रतिवाद गरिन्छ, कार्यकर्तालाई सम्बोधन गर्र्दै ओलीले भने ।

प्रकाशित मिति : २०७६, १५ फाल्गुन बिहीबार  ६ : ५८ बजे

जेनजी आन्दोलनबारे ओलीको स्पष्ट सन्देश : ‘युवाको ऊर्जा देश निर्माणतर्फ मोड्नुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।

मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अहिलेका परिस्थितिमा

एक महिना नपुग्दै ढल्यो मधेस सरकार, मुख्यमन्त्रीको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को