२०८१, ४ चैत्र मंगलबार

नेकपामा चुलियो विवाद, राष्ट्रिय सभामा वामदेव कि युवराज ?

नेकपामा चुलियो विवाद, राष्ट्रिय सभामा वामदेव कि युवराज ?


बनेपा–१५, फागुन : सत्तारूढ नेकपामा राष्ट्रियसभा सदस्य मनोनित गर्ने विषयको विवाद उत्कर्षमा पुगेको छ । नेताहरु विभाजित हुँदै विवाद चुलिएकाले नेकपाभित्र तरंग सिर्जना भएको छ । विवादकै बीचमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुरमा नेपाल लगायतका नेताले आज वागमति प्रदेशका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गरेका छन् । नेताहरुले प्रशिक्षणबाट फर्किंदा उर्जा लिएर फर्कनुपर्ने नेताहरुको भनाई छ ।

उनले राष्ट्रिय सभामा लैजाने नेता र संविधान संशोधनको विषयमा विवाद सिर्जना भइरहेका बेला कुनै पनि हालतमा पार्टीलाई विभाजनमा जान नदिने बताएका छन् । उक्त अवसरमा अध्यक्ष प्रचण्डले साम्यवाद नआएसम्म पार्टीमा भूमरी चल्नु सामान्य प्रक्रिया भएको बताएका थिए । उनले भने, ‘धेरैलाई लाग्न सक्छ, पार्टी शान्त भई दिए हुन्थ्यो । नेताहरू मिलेर हिंडे हुन्थ्यो ।’ हामीलाई पनि त्यस्तै लाग्छ,’ प्रचण्डले थपे, ‘हामी एकतावद्ध हुन कोशिस गर्ने हो तर, जुन दिन विवादरहित र शान्त पार्टी बन्छ त्यो दिनबाट पार्टी चाहिन्न । किनभने त्यतिबेला साम्यवाद आउँछ ।’

पछिल्लो समय सत्तारुढ नेकपाभित्र प्रचण्ड र अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली बीचको विवाद उत्कर्षमा पुगेको छ । अध्यक्ष प्रचण्डले नेता माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, रामबहादुर थापा लगायतलाई हात लिएर अर्का अध्यक्षविरुद्ध क्याप्पियनिङ थालेका सत्तारुढ नेकपाका एक केन्द्रीय सदस्यले बताएका छन् ।

बुधबार मात्रै प्रचण्डको प्रस्तावमा सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय गरेपछि प्रधानमन्त्री ओली रूष्ट बनेका छन् । उनले अर्का नेता माधवकुमार नेपालसँग सचिवालयले गरेको उक्त निर्णय नमान्ने बताएका छन् ।

अध्यक्ष प्रचण्डले कुनै पनि हालतमा पार्टी विभाजन हुन नदिने पनि बताएका छन् । ‘पार्टी जमेको पोखरी जस्तो होइन । यो गडगडाएर जान्छ । विवाद भए पनि विभाजन र विघटन हुन दिन्नौ,’ उनले भने । ‘कम्युनिष्टलाई दुष्मनका गोलीले लडाउन सकेन तर सत्तामा गएपछि कुशासन र भ्रष्टाचारले सकेको छ, सम्बोधनका क्रममा उनले भने ‘एउटै गोली खर्च नभई कम्युनिष्ट पार्टी आफ्नै कारण सकिएका छन् ।’

कार्यक्रममा नेकपा सचिवालय सदस्य माधव नेपालले पार्टीलाई विघटन र विभाजनको दिशामा जान नदिने बताएका थिए । नेपालले ७० वर्षको इतिहास बोकेको पार्टीको एकतालाई कसैले भत्काउन नसक्ने दावी गरेका थिए । पार्टी एकतामा भइरहेको ढिलाइलाई धेरै पर धकेल्न नहुने समेत उनले बताएका थिए । राष्ट्रिय सभा सदस्य छनौटलाई लिएर बुधबारदेखि सत्तारुढ नेकपामा विवाद चर्किएको छ । राष्ट्रियसभामा अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओली युवराज खतिवडालाई नै निरन्तरता दिने पक्षमा छन् भने अर्का अध्यक्ष प्रचण्डसहित माधव नेपाल र झलनाथ खनालले बामदेव गौतमलाई अघि सारेका छन् ।

प्रकाशित मिति : २०७६, १५ फाल्गुन बिहीबार  ६ : ३३ बजे

आज मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्

पत्रकारलाई परिचयपत्र वितरण गर्न प्रेस रजिष्टारको कार्यालय वाग्मतीद्वारा शिविर आयोजना 

रामेछाप । प्रेस रजिष्टार कार्यालय वाग्मती प्रदेशले रामेछापमा पत्रकारहरूको लागि

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस