२०८३, ५ भाद्र शनिबार

काभ्रेको महाभारत गाउँपालिमा बाली विज्ञानको पठनपाठन सुरु

काभ्रेको महाभारत गाउँपालिमा बाली विज्ञानको पठनपाठन सुरु


धुलिखेल, १३ फागुनः काभ्रेको अति विकट डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँमामा कृषि प्राविधिक विषयको पठनपाठन सुरु भएको छ । पालिकाको वडा नम्बर १ धापमा रहेको भैरवेश्वर माध्यमिक विद्यालयमा बाली विज्ञानको पठन पाठन सुरु भएको हो । प्राविधिक शिक्षालयको मंगलबार पालिकाका प्रमुख कान्छालाल छिम्बाले उद्घाटन गरे । ‘हामी विकासमा विस्तारै पड्को मार्दै छौँ, यो विकासको एउटा गतिलो आधार हो, पालिका अध्यक्ष जिम्बाले भने ‘धेरैले देख्ने भौतिक पूर्वाधार मात्रै हो, तर शिक्षाको लगानी विस्तारै समाज रुपान्तरणमा देखिन्छ ।’

एक पालिका, एक प्राविधिक शिक्षालय कार्यक्रम अन्तर्गत बाली विज्ञानको पठनपाठन सुरु गरिएको प्रवक्ता रविन मोक्तानले जानकारी दिए । उनका अनुसार अहिले ४२ जना बालबालिका बाली विज्ञान विषय लिएर पढिरहेका छन् । ‘यो एक पालिका, एक प्राविधिक शिक्षालय कार्यक्रम अन्तर्गत बाली विज्ञानको पढाई सुरु भएको हो, उनले भने ‘अब यहाँ बढेका बालबालिकाले पालिकाभित्र लगाउने खेती बालीको हेरचाह देखि रोग किरा नियन्त्रणसम्ममा सघाउ पुर्याउने छन् भन्ने मैले विश्वास लिएको छु ।’

यो शिक्षालयमा अहिले महाभारतसँगै खानीखोला गाउँपालिकाका बाललिकालाई पनि पढ्न जाने गरेका छन् । सिन्धुलीको घ्याङलेख र मरिण गाउँपालिकाका बाललिकालाई समेत प्राविधिक विषय पढ्न सजिलो भएको प्रवक्ता मोक्तानको भनाईछ ।

प्रकाशित मिति : २०७६, १३ फाल्गुन मंगलबार  ५ : ०२ बजे

अमेरिकी-इरान युद्ध’ को सिधा असर नेपाली भान्सामा: पेट्रोल-डिजेलको मूल्य अझै आकासिने, महँगीको नयाँ संकट

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानबीच चर्किएको भूराजनीतिक

पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ

पाल्पा । पाल्पामा एक १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

कांग्रेसमा देउवा समूहसँग संस्थापनको टक्कर चर्कियो : ‘अदालतको ढोका ढकढक्याएर पार्टी कमजोर नपार्नू’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर संस्थापन र पूर्वसभापति

नाडा शो अघि नै काठमाडौंमा ‘अभतार ०७’ को तहल्का

काठमाडौं । नाडा अटो शो को पर्दा खुल्न अझै केही