२०८३, ७ कार्तिक शनिबार

पाँचखालका गर्भवती-सुत्केरी महिलालाई अण्डा र घ्यू

पाँचखालका गर्भवती-सुत्केरी महिलालाई अण्डा र घ्यू


धुलिखेल, १२ फागुनः काभ्रेको पाँचखाल नगरपलिका वडा नम्बर ८ गर्भवती-सुत्केरी महिलालाई अण्डा र घ्यू उपहार दिन थालेको छ । वडाले मातुशिशु पोषण कार्यक्रम अन्तर्गत अण्डा र घ्यू उपहार दिन सुरु गरिएको वडाध्यक्ष सञ्जय तामाङले जानकारी दिए ।

मातृशिशु पोषण सुरक्षाको लागि हरेक गर्भवती महिलालाई एक क्रेट अन्डा र आधा किलो घ्यू उपहार दिन थालेको पालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष तामाङले बताए । ‘यो एउटा सानो अभियान हो, जसले गर्भवती र सुत्केरी भइसकेका महिलाको पोषणमा केहि मद्दत गर्छ भन्ने लागेको छ, वडाध्यक्ष तामाङले भने ‘हामी यसलाई निरन्तरता दिन्छाैँ ।’

वडाले आइतबारबाट अण्डा र घ्यू उपहार दिन थालेको हो । गर्भवती र सुत्केरी १४ जना महिलालाई प्रदान गरेको छ । गर्भवती भएपछि स्वास्थ्य संस्थामा जाँच गराउन आउन थाले देखी सुनौलो हजार दिनसम्मका महिलालाई वडाले अन्डा र घिउ उपहार दिने ब्यवस्था मिलाएको छ ।

प्रकाशित मिति : २०७६, १२ फाल्गुन सोमबार  ९ : २५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना