२०८३, १६ श्रावण आईतबार

मिस ब्युटी अफ चितवनको ताज कृति चौधरीलाई

मिस ब्युटी अफ चितवनको ताज कृति चौधरीलाई


मिस ब्युटी अफ चितवनको ताज कृति चौधरीले जितेकि छन् । भरतपुरमा रहेको ट्प वन मिडिया प्रा. लि. को आयोजनामा भएको ग्राण्ड फिनालेमा फस्ट रनर अप नविना कंडेल, सेकेन्ड रनर अप रस्मिता अधिकारी, अर्गनाईजर च्वाईस प्रतिक्षा अधिकारी, मिस कन्फिडेन्स प्रतिक्षा अधिकारी, मिस पपुलर कृति चौधरी, बेस्ट वक प्रतिक्षा अधिकारी, वेष्ट आईज खुशि सुनुवार, मोस्ट फोटोजेनिक कमला खत्रि, वेस्ट फिगर कृति चौधरी, भ्युर्वस च्वाईस नविना कंडेल, मस्ट ट्यालेन्टेड सुस्मिता काफ्ले, मिस डिसिपिल्न सिता सापकाटाले, वेस्ट स्माईल रस्मिता अधिकारी, वेष्ट पर्सनालिटि नविना कंडेलले जित्न सफल भएको आयोजक ट्प वन मिडिया प्रा. लि. का प्रबन्ध निर्देशक रब्स सापकोटाले जानकारी दिए ।

फाईनल चरणको निर्णायकमा नायीका अनिता के.सी, निर्माता बसन्त शर्मा, नायीका सोनि बि.सी, रंगकर्मि रफि शाह रहेका थिए । भने कार्यक्रमको विषेश आर्कषणका रुपमा चलचित्र लेखक मौनता श्रेष्ठ, नायक दिवश धिताल, निर्माता निर्देशक राजु अधिकारी, निर्माता तुलशि आचार्य, चलचित्रकर्मि प्रदिप के.डि र सागर ढुंगाना रहेका थिए ।

अन्तिम चरणका लागि छनौट भएका प्रतियोगीहरुलाई एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिएको थियो । जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर, ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिईएको थियो ।

विजेताहरुले थाईल्याण्ड टुर को प्याकेज सहित, विभिन्न आर्कषक पुरस्कार सहित राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागि गराउने, चलचित्र, म्युजिक भिडियोको अवसर प्रदान गरिने आयोजक ट्प वन मिडिया प्रा. लि. का प्रबन्ध निर्देशक रब्स सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, ११ फाल्गुन आईतबार  ५ : २५ बजे

दुर्गा प्रसाईं पक्राउ, आन्दोलन घोषणा गरेको केही घण्टामै प्रहरीको नियन्त्रणमा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई

हतियारधारी भारतीय फौज सुस्ता प्रवेश, बाँध भत्काउँदा प्रतिकारमा ३ नेपाली घाइते

नवलपरासी। भारततर्फबाट आएका हतियारधारी सुरक्षाकर्मीले नेपाल–भारत सीमास्थित सुस्ता क्षेत्रमा प्रवेश

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली