२०८२, १७ असार मंगलबार

नेता गिरीको शोकसभा

नेता गिरीको शोकसभा


धुलिखेल, ९ फागुनः नेकपा काभ्रेले जिल्ला कमिटी सदस्य स्वर्गीय हरिदेव गिरीको श्रद्धाञ्जली कार्यक्रम गरेको छ । स्वर्गीय गिरीकै निवास बनेपा नगरपालिका वडा नम्बर २ घिमिरे गाउँमा शुक्रबार श्रद्धाञ्जली कार्यक्रम गरेको हो ।

२०२५ साल बैशाख १२ गते जन्मिएका गिरीको २०७६ साल माघ २१ गते मृत्यु भएको थियो । नेकपाका वागमती प्रदेश सचिवालय सदस्य टोक बहादुर वाईबाका प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै जिल्ला कमिटी सविच समेत रहेका वाईबाले गिरीको निधनले पार्टीलाई अतुलनीय क्षति पुगेको बताएका थिए ।

कार्यक्रममा वागमती प्रदेश सचिवालय सदस्य तेज बहादुर मिजार, प्रदेश सदस्य इन्द्र बहादुर थिङ लगायत नेताहरुले स्वर्गीय गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै गिरीको निधनले पार्टीलाई ठूलो क्षति पुगेको भन्दै शोकलाई शक्तिमा बदल्न परिवारका सदस्यलाई आग्रह गरे ।

प्रकाशित मिति : २०७६, ९ फाल्गुन शुक्रबार  ७ : ०६ बजे

प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी

चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री

भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी

काठमाडौं । भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या

आज कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर