२०८२, २६ फाल्गुन बुधबार

पाँचखालमा राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप प्रतियोगिता सुरु

पाँचखालमा राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप प्रतियोगिता सुरु


धुलिखेल, ६ फागुनः काभ्रेको पाँचखाल नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड एवं मेयर कप प्रतियोगिता सुरु भएको छ । मंगलबारबाट सुरु भएको प्रतियोगितामा नरगरभित्र रहेका २० सामुदायिक र नीजि मध्ये १९ वटा माध्यामिक विद्यालयका बालबालिका सहभागि छन् ।

प्रतियोगीतामा भलिबल, कवड्डी, यथलेटिक्स बिधाका खेल समावेश गरिएको स्रोत ब्यक्ति धन बहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार कवड्डीमा छात्राको १२ र छात्रको १३ टिम सहभागि छ । भलिबल तर्फ भने छात्रा र छात्रको ८÷८ वटा टिमले सहभागिता जनाएका छन् । यथलेटिक्समा १९ वटै विद्यालयले भाग लिएका छन् । प्रतियोगिता बिहिबारसम्म चल्ने स्रोत ब्यक्ति बस्नेतले बताए ।

प्रतियोगिताको शुभारम्भ गर्दै नगर प्रमुख महेश खरेलले विद्यालय तहको खेलकुदलाई थप मजबुद बनाउन नगरपालिका लागि परेको भन्दै खेल क्षेत्रलाई बृहत्तर बनाउन आवश्यक रहेको बताए । मेयर खरेलले मानिस स्वस्थ हुनका लागि खेल अत्यन्त जरुरी भएजस्तै, विद्यालय उमेरका बालबालिकामा फुर्तिलोपन, जगार ल्याउन खेलकुदको निकै ठूलो भुमिका रहेको औल्याए ।

प्रकाशित मिति : २०७६, ६ फाल्गुन मंगलबार  ७ : ३१ बजे

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा

मध्यपूर्वको तनाव अन्त्यबारे ट्रम्प-पुटिनबीच कुराकानी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भइरहेको अमेरिकी सैन्य

संखुवासभामा एमालेको जित, अर्जुन कार्की ६३६ मतले विजयी

काठमाडौं । संखुवासभा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमालेले जित हासिल

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । इरान–अमेरिका–इजरायल तनाव का कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान