२०८२, ३ कार्तिक आईतबार

बिन्धवासिनी २७ औँ वर्षमा

बिन्धवासिनी २७ औँ वर्षमा


धुलिखेल, ६ फागुनः पनौतीको खोपासीमा मुख्य कार्यालय रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले २७ औँ स्थापना दिवस मनाएको छ । मंगलबार बनेपामा विभिन्न कार्यक्रम गरी बिन्धवासिनीले स्थापना दिवस मनाएको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको यस सहकारीमा ३५ हजार ७ सय १० जना रहेका छन् । बाल बचत तर्फ ७ हजार ३ सय ७० जना रहेको सहकारीका प्रमुख प्रबन्धक केपी लामाले जानकारी दिए । बिन्धवासिनीले मंगलबारदेखि काठमाण्डौमा समेत सेवा कार्यालय सञ्चालनमा ल्याएको छ । योसँगै सेवा कार्यालयको संख्या ७ पुगेको छ । त्यस्तै सेवा केन्द्र पनि ७ वटा नै रहेको छ ।

स्थापना दिवसको अवसमा सहकारीले ४१ जना ऋणिलाई सहुलियत परिचयपत्र दिएको छ । त्यस्तै ३ जना दलित बालबालिकालाई छात्रबृत्ति दिइएको छ भने ५० जनाले रक्तदान समेत गरेका थिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघ लिमिटेडका अध्यक्ष मिनराज कँडेलले सहकारीहरुको दीर्घकालिन विकासका लागि आफु सदैबको लागिरहने बताए । ‘सहकारी भनेकै गाउँ–गाउँमा छरिएका थोरै पैसालाई जम्मा गरेर त्यहिका सदस्यहरुको हितमा खर्च गर्नुपर्ने हो, सबै सहकारी संस्थाहरु सहकारीकै मर्म अनुसार चल्नुपर्छ, उनले भने ‘सहकारीकै कारण अर्थतन्त्र मजबुद हुदैँछ ।’

प्रकाशित मिति : २०७६, ६ फाल्गुन मंगलबार  ७ : ०८ बजे

आज केन्द्रीय सुरक्षा समितिको बैठक, निर्वाचन सुरक्षा योजना मुख्य एजेन्डा

काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै गृह मन्त्रालयले आज केन्द्रीय

आज तिहारको पहिलो दिनः काग तिहार

काठमाडौँ । आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल