२०८३, १८ भाद्र शुक्रबार

महाभारत राष्ट्रपति रनिङ शिल्डको उपाधि जनकल्याण माविलाई

महाभारत राष्ट्रपति रनिङ शिल्डको उपाधि जनकल्याण माविलाई


धुलिखेल, ४ फागुनः काभ्रेको महाभारत गाउँपालिकामा १२ औं राष्ट्रपति रनिङ शिल्ड तथा दोस्रो अध्यक्ष कप प्रतियोगिता सकिएको छ । फागुन एक गतेबाट चलेको प्रतियोगिता आइतबार सकिएको हो ।

प्रतियोगितामा वडा नम्बर ८ को जनकल्याण माध्यामिक विद्यालय ३२ अंक बटुल्दै नगद ५० हजार पुरस्कार सहित पहिलो भएको छ । त्यसैगरी वडा नम्बर १ को गोकुले माध्यमिक विद्यालय २२ अंकका साथ ४० हजार पुरस्कार सहित दोस्रो भएको छ ।

त्यस्तै वडा नम्बर ५ को ग्रामोन्नती माध्यमिक विद्यालयले १५ अंक ल्याएर तेस्रो भएको छ । उसले ३० हजार नगद पुरस्कार प्राप्त गरेको पालिकाका प्रवक्ता रविन मोक्तानले जानकारी दिए । प्रतियोगीतामा कवड्डी, भलिबल, लङ जम्प, हाई जम्प, २ सय र ३ सय मिटर दौड, ज्याब्लीङ थ्रो लगायतका ११ ओटा बिधाका खेलमा पालिकाभित्रका ७ ओटा माध्यमिक विद्यालयका विद्यार्थी सहभागि भएका थिए ।

बिजेता खेलाडीलाई गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले आइतबार नै पुरस्कार बितरण गरेको प्रवक्ता मोक्तानले बताए ।

प्रकाशित मिति : २०७६, ४ फाल्गुन आईतबार  ७ : ३४ बजे

सिन्धुलीमा नेवार समुदायको विविध साँस्कृतिक कार्यक्रम (फोटो फिचर)

सिन्धुली: कृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलीमाढीमा नेवार समुदायले लाखे नाच, रोपाई

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण