२०८३, २२ जेष्ठ शनिबार

काभ्रे फागुन ७ मा साक्षर जिल्ला घोषणा हुने (पालिकाकाे साक्षरता प्रतिशत सहित)

काभ्रे फागुन ७ मा साक्षर जिल्ला घोषणा हुने (पालिकाकाे साक्षरता प्रतिशत सहित)


धुलिखेल, २ फागुनः  काभ्रे जिल्लाका सबै स्थानीय तह साक्षर घोषणा भएका छन् । साक्षरता अभियान जिल्ला समन्वय समितिले शुक्रबार धुलिखेलमा पत्रकार सम्मेलन गरिदिएको जानकारी अनुसार जिल्लाका १३ वटै स्थानीय तह साक्षर घोषणा भएका हुन् । समितिले सबै स्थानीय तह साक्षरभएकाले यहि फागुन ७ गते जिल्लालाई नै साक्षर जिल्ला घोषणा गर्ने मिति तोकेको छ । जिल्लाको १५ देखि ६० वर्ष उमेर समूहका कुल निरक्षर संख्याको ९६ दशमलब ४८ प्रतिशत नागरिक साक्षर भएका छन् । काभ्रे ५२ जिल्लाकाे रूपमा साक्षर हुनेछ ।

जिल्लामा २०६८ सालको जनगणना अनुसार १५ देखि ६० वर्ष उमेर समूहका ३ लाख ७३ हजार ७ सय २८ जनसंख्या मध्ये ८१ हजार ५ सय ४९ जनसंख्या निरक्षर थियो । त्यस यता जिल्लामा सञ्चालन गरिएको सघन साक्षरता कार्यक्रमबाट आर्थिक वर्ष २०७६/०७७ सम्म आइपुग्दा ६८ हजार ३ सय ८१ जना साक्षर भएका छन् । समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लामा अझै १३ हजार १ सय ६८ जना नागरिक निरक्षर छन् । ती ब्यक्तिहरुलाई पनि छिट्टै साक्षर गर्ने गरी अभियान सञ्चालन गरिएको समितिले जनाएको छ ।

साक्षरता अभियान जिल्ला समन्वय समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा बढी रोशी गाउँपालिकाका नागरिक साक्षर भएका छन् । रोशी गाउँपालिकाका ९८ दशमलब ९८ प्रतिशत नागरिक साक्षर भएका छन् ।

पत्रकार सम्मेलनमा साक्षर जिल्ला घोषणा समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले यहि फागुन ७ गते जिल्लालाई नै साक्षर घोषणा गरिने जानकारी दिदैँ यो कार्यक्रम सफल पार्न सबैलाई आग्रह समेत गरे । ‘हामीले पहिलो प्रतिबद्धता जनाए अनुसार केहि समयपछि सरेको छ, तर हामी कहिल्यै पनि यो अभियानबाट डकमगाएका छैनन्, उनले भने ‘केहि ढिलो भयो तर नजिता राम्रै आयो ।’ उनले दीगो विकासमा असर गर्ने कतिपय चिज हताउन गर्न नहुने समेत स्पष्ट पारे ।

प्रकाशित मिति : २०७६, २ फाल्गुन शुक्रबार  १ : ५९ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति