२०८२, ९ फाल्गुन शनिबार

काभ्रेको चौरीदेउराली गाउँपालिका पनि साक्षर घोषणा

काभ्रेको चौरीदेउराली गाउँपालिका पनि साक्षर घोषणा


धुलिखेल, १ फागुनः काभ्रे जिल्लाको दुर्गम क्षेत्रमा पर्ने चौरीदेउराली गाउँपालिका साक्षर घोषणा भएको छ । पालिकाभित्र बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समुहका निरक्षर मध्ये ९७ प्रतिशत नागरिक साक्षर भएपछि आज साक्षर पालिका घोषणा गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पालिकालाई साक्षर पालिकाको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । ‘देशका कुनै पनि नागरिक निरक्षर नहुन भनेर संघ सरकारले विभिन्न कार्यक्रमहरु ल्याइरहेको छ, मन्त्री संघ सरकारले ल्याएका यस्ता योजनाहरु पुरा गरी दिगो विकासका सुचक समेत पुरा गर्न स्थानीय सरकारको महत्वपूर्ण योगदान रहन्छ ।’

कार्यक्रममा संघीय सासंद गंगा बहादुर दोङले समाजका हरेक नागरिक शिक्षित भएमात्रै राष्ट्रले मुहार फेर्ने भन्दै सिकेको ज्ञान र सीपलाई ब्यवहारमा लागु गर्न आग्रह गरे । प्रदेश सांसद रत्न ढकालले समाज सुधारको मेरुदण्ड नै शिक्षा भएको भन्दै यसलाई आत्मसात गरेर अघि बढ्नु पर्नेमा जोड दिए ।

योसँगै जिल्लाका १३ वटै स्थानीय तह साक्षर भएका छन् । अघि धुलिखेल, बनेपा, पनौती, नमोबुद्ध, मण्डनदेउपुर र पाँचखाल नगरपालिका तथा रोशी, महाभारत, तेमाल, बेथानचोक, भुम्लु, र खानीखोला गाँउपालिका साक्षर घोषणा भईसकेका छन् । जिल्लाका सबै स्थानीय तह साक्षर भएपछि शुक्रबार शिक्षा विकास समन्वय ईकाई र जिल्ला साक्षर घोषणा समितिले पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

प्रकाशित मिति : २०७६, १ फाल्गुन बिहीबार  ७ : २४ बजे

चियाबारी-खुर्कोट सुरूङ एमालेकै नेतृत्वमा बन्छ : मनोजजंग

सिन्धुली: चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण नेकपा एमालेको नेतृत्वमै सम्पन्न हुने

एमालेको झण्डा जलाउनेलाई कारबाहीको चेतावनी : अञ्जना अधिकारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)की युवा नेतृ अञ्जना अधिकारीले पार्टीको

तेमालका हजार एमालेमा प्रवेश : अमित लामाद्वारा स्वागत

बनेपा। तेमाल गाउँपालिका-१ सस्र्यूखर्क लामागाउँका हजार सिं तामाङ नेकपा (एमाले)

सप्तरीमा एमाले झण्डा र उम्मेदवारको तस्वीर जलाएको भिडियो सार्वजनिक

राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर २, महदेवा गाउँपालिकाबाट प्रतिनिधिसभा सदस्य

नेकपाका २ दर्जन कार्यकर्ताले उठाए बिद्रोहको झण्डा, मनोजजंगलाई बिजयी गराउने उद्घोष

सिन्धुली । आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्यको निर्वाचन