२०८३, १० भाद्र बिहीबार

सिन्धुपाल्चोक गुम्बाका ९ जनाको नमुना संकलन

सिन्धुपाल्चोक गुम्बाका ९ जनाको नमुना संकलन


धुलिखेल, १ फागुन : सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बामा फैलिएको रुघा, खोकी र ज्वरो निन्त्रयणमा आएको छ । बिहीबार गुम्बा सामुदायिक स्वास्थ्य इकाईमा बिरामी निकै कम आएको बताइएको छ ।

हिजोको तुलनामा बिहीबार बिरामी निकै कम उपचारका लागि आएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दर्गा दत्त चापागाईले बताए । ‘आज हाम्रो स्वास्थ्य टोली घरघरमा पुगेर नयाँ विरामी खोज्ने र पुरानो विरामीको अवस्था बुझ्ने काम गरिरहेको छ, उनले भने ‘हिजोको तुलनामा स्वास्थ्य इकाईमा उपचार गर्न आउनेको संख्या ज्यादैँ न्यून छ ।’

काठमाण्डौबाट गुम्बा पुगेको विज्ञ टोलीले ९ जनाको नमुना संकलन गरेर फर्किएको छ । अबको एक÷दुई दिनभित्र नमुना परीक्षणको नतिजा आइसक्ने जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दर्गा दत्त चापागाईले बताए । ‘९ जनाको नमुना संकलन गरेर विज्ञ टोली काठमाण्डौ फर्किसकेको छ, उनले भने ‘टोलीले सकेसम्म आजै प्रयोगशालामा नमुना परीक्षणका लागि पठाउने छ, अबको एक दुई दिनभित्रै नजिता थाहा पाइन्छ ।’

प्रकाशित मिति : २०७६, १ फाल्गुन बिहीबार  ६ : ०७ बजे

बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै

काठमाडौं । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको

चिनियाँ दूतावासद्वारा बाढीको पूर्वसूचना नदिएको आरोपको खण्डन

काठमाडौं । काठमाडौं स्थित चिनियाँ दूतावासले चीनले नेपाललाई बाढीको पूर्वसूचना

नयाँ प्रविधिको रफ्तारमा बीवाइडी, नाडा अटो शोमा तीन अत्याधुनिक सवारी सार्वजनिक

काठमाडौं । विश्व अटोमोबाइल उद्योग तीव्र गतिमा नयाँ प्रविधितर्फ अघि

सिंहदरबारमा सर्वदलीय बैठक सुरु, बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतबारे छलफल

काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। सत्तारुढ राष्ट्रिय