२०८३, ७ कार्तिक शनिबार

सिन्धुपाल्चोक गुम्बाका ९ जनाको नमुना संकलन

सिन्धुपाल्चोक गुम्बाका ९ जनाको नमुना संकलन


धुलिखेल, १ फागुन : सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बामा फैलिएको रुघा, खोकी र ज्वरो निन्त्रयणमा आएको छ । बिहीबार गुम्बा सामुदायिक स्वास्थ्य इकाईमा बिरामी निकै कम आएको बताइएको छ ।

हिजोको तुलनामा बिहीबार बिरामी निकै कम उपचारका लागि आएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दर्गा दत्त चापागाईले बताए । ‘आज हाम्रो स्वास्थ्य टोली घरघरमा पुगेर नयाँ विरामी खोज्ने र पुरानो विरामीको अवस्था बुझ्ने काम गरिरहेको छ, उनले भने ‘हिजोको तुलनामा स्वास्थ्य इकाईमा उपचार गर्न आउनेको संख्या ज्यादैँ न्यून छ ।’

काठमाण्डौबाट गुम्बा पुगेको विज्ञ टोलीले ९ जनाको नमुना संकलन गरेर फर्किएको छ । अबको एक÷दुई दिनभित्र नमुना परीक्षणको नतिजा आइसक्ने जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दर्गा दत्त चापागाईले बताए । ‘९ जनाको नमुना संकलन गरेर विज्ञ टोली काठमाण्डौ फर्किसकेको छ, उनले भने ‘टोलीले सकेसम्म आजै प्रयोगशालामा नमुना परीक्षणका लागि पठाउने छ, अबको एक दुई दिनभित्रै नजिता थाहा पाइन्छ ।’

प्रकाशित मिति : २०७६, १ फाल्गुन बिहीबार  ६ : ०७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना