२०८३, १९ बैशाख आईतबार

तेमालमा पालिका अध्यक्ष कप फुटबलको उपाधि वडा नम्बर ८ लाई

तेमालमा पालिका अध्यक्ष कप फुटबलको उपाधि वडा नम्बर ८ लाई


धुलिखेल, २५ माघः काभ्रेको तेमाल गाउँपालिकामा जारी अध्यक्ष कप फुटबल प्रतिगिताको उपाधि वडा नम्बर ८ ले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा दोस्रो चरणको पेनाल्टी मार्फत वडा नम्बर ९ लाई पराजित गर्दै वडा नम्बर ८ (मेच्छे) ले उपाधि चुमेको हो ।

निर्धारित ८० मिनेट सकिदाँ २ –२ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टीमा पनि ५–५ गोलको बराबरी भएपछि रेफ्रि राजेश श्रेष्ठले दोस्रो चरणको पेनाल्टी खेलाएका थिए । दोस्रो चरणको पेनाल्टीमा वडा नम्बर ९ का खेलाडी दावा लामाले हानेको बल वडा नम्बर ८ का गोल किपर बुद्ध लामाले रोकेपछि वडा नम्बर ८ ले जीत सुनिश्चित गरेको हो ।

जीतसँगै वडा नम्बर ८ ले नगद ७५ हजार पाएको छ । त्यस्तै दोस्रो भएको वडा नम्बर ९ ले टिमले ५० हजारमा चित्त बुझाएको छ । तेस्रो भएको वडा नम्बर ५ पोखरीनारायणस्थानले नगद २५ हजार पाएको छ । प्रतियोगितामा विजयी हुने खेलाडीले मेडल र प्रमाणपत्र पनि पाएका छन् ।

जिवयी हुने टिमलाई शनिबार नै पालिकाका अध्यक्ष सलाम सिं लामाले पुरस्कार वितरण गरेको प्रवक्ता ज्ञान बहादुर लामाले जानकारी दिए । तीनदिन सम्म चलेको प्रतियोगितामा पालिकाभित्रका ९ वटै वडाका टिम सहभागि भएका थिए । अध्यक्ष कप फुटबल प्रतियोगिताको संयोजक पालिकाका प्रवक्ता एवं वडा नम्बर ७ का अध्यक्ष ज्ञान बहादुर लामाले गरेका थिए ।

यसैबीच तेमाल गाउँपालिकाले १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा  सहभागि पालिकाका खेलाडीलाई पनि सम्मान गरेको छ । तेमाल गाउँपालिकामा स्थायी बसोबास भएका तेज तामाङ र बिनिता ब्लेनलाई गाउँपालिकाले सम्मान गरेको हो । तेजले फुटबल तर्फ स्वर्णपदक जितेका थिए भने बिनिताले फरक खेलमा काष्यपदक जितेकी थिइन ।

प्रकाशित मिति : २०७६, २५ माघ शनिबार  ६ : ४७ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा