२०८३, ७ कार्तिक शनिबार

तेमालमा पालिका अध्यक्ष कप फुटबलको उपाधि वडा नम्बर ८ लाई

तेमालमा पालिका अध्यक्ष कप फुटबलको उपाधि वडा नम्बर ८ लाई


धुलिखेल, २५ माघः काभ्रेको तेमाल गाउँपालिकामा जारी अध्यक्ष कप फुटबल प्रतिगिताको उपाधि वडा नम्बर ८ ले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा दोस्रो चरणको पेनाल्टी मार्फत वडा नम्बर ९ लाई पराजित गर्दै वडा नम्बर ८ (मेच्छे) ले उपाधि चुमेको हो ।

निर्धारित ८० मिनेट सकिदाँ २ –२ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टीमा पनि ५–५ गोलको बराबरी भएपछि रेफ्रि राजेश श्रेष्ठले दोस्रो चरणको पेनाल्टी खेलाएका थिए । दोस्रो चरणको पेनाल्टीमा वडा नम्बर ९ का खेलाडी दावा लामाले हानेको बल वडा नम्बर ८ का गोल किपर बुद्ध लामाले रोकेपछि वडा नम्बर ८ ले जीत सुनिश्चित गरेको हो ।

जीतसँगै वडा नम्बर ८ ले नगद ७५ हजार पाएको छ । त्यस्तै दोस्रो भएको वडा नम्बर ९ ले टिमले ५० हजारमा चित्त बुझाएको छ । तेस्रो भएको वडा नम्बर ५ पोखरीनारायणस्थानले नगद २५ हजार पाएको छ । प्रतियोगितामा विजयी हुने खेलाडीले मेडल र प्रमाणपत्र पनि पाएका छन् ।

जिवयी हुने टिमलाई शनिबार नै पालिकाका अध्यक्ष सलाम सिं लामाले पुरस्कार वितरण गरेको प्रवक्ता ज्ञान बहादुर लामाले जानकारी दिए । तीनदिन सम्म चलेको प्रतियोगितामा पालिकाभित्रका ९ वटै वडाका टिम सहभागि भएका थिए । अध्यक्ष कप फुटबल प्रतियोगिताको संयोजक पालिकाका प्रवक्ता एवं वडा नम्बर ७ का अध्यक्ष ज्ञान बहादुर लामाले गरेका थिए ।

यसैबीच तेमाल गाउँपालिकाले १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा  सहभागि पालिकाका खेलाडीलाई पनि सम्मान गरेको छ । तेमाल गाउँपालिकामा स्थायी बसोबास भएका तेज तामाङ र बिनिता ब्लेनलाई गाउँपालिकाले सम्मान गरेको हो । तेजले फुटबल तर्फ स्वर्णपदक जितेका थिए भने बिनिताले फरक खेलमा काष्यपदक जितेकी थिइन ।

प्रकाशित मिति : २०७६, २५ माघ शनिबार  ६ : ४७ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने