२०८३, ७ कार्तिक शनिबार

लिसंखु-पाखर गाउँपालिकाको ३ वटा वडामा निःशुल्क आँखा शिविर

लिसंखु-पाखर गाउँपालिकाको ३ वटा वडामा निःशुल्क आँखा शिविर


धुलिखेल, २३ माघः सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिकाले तीन वडामा निःशुल्क आँखा शिविर कार्यक्रम सकाएको छ । पालिकाले सोमबार वडा नम्बर १ ठूलोधादिङ, मंगलबार वडा नम्बर २ लिसंखु र हिजो वडा नम्बर ३ वाफलमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो ।

तीन वटै वडाको शिविरमा ३ सय ८० जनाले आँखा परीक्षण गराएका थिए । ती मध्ये ४८ जनामा मोतियाविन्दुको समस्या देखिएको पालिकाका स्वास्थ्य संयोजक राजु बस्नेतले जानकारी दिए । २८ जनालाई भने मोतिया विन्दुको अप्रेसनका लागि बिहीबार बनेपा स्थित रेयुकाई एईको मासुनागा अस्पताल पठाइएको छ ।

पालिकाले यसअघि वडा नम्बर ४ को सिक्रेमा पुस ६ गते रेयुकाई अस्पतालकै प्राविधिक सहयोगमा निःशुल्क आँखा विशिर आयोजना गरेको थियो । बाकी रहेका तीन वटा वडामा भने अर्को महिना आँखा शिविर हुने स्वास्थ्य संयोजक बस्नेतले बताए । पालिकामा ७ वटा वडा रहेका छन् ।

प्रकाशित मिति : २०७६, २३ माघ बिहीबार  ६ : ३१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना