२०८२, १८ श्रावण आईतबार

वाल्टिङ्गका ५ विद्यालयमा न्यानो कपडा र स्टेशनरी सामाग्री वितरण

वाल्टिङ्गका ५ विद्यालयमा न्यानो कपडा र स्टेशनरी सामाग्री वितरण


सरोज सापकोटा/ वाल्टिङ्ग, २१ माघः रोशी गाउँपालिकाको वडा नम्बर १०, वाल्टिङ्गमा रहेका ५ वटा सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी सामाग्रीहरु वितरण गरिएको छ ।

“मनकारी सहयोग आवश्यक विद्यार्थीलाई, भविश्यमा अनुशासित सभ्य नागरिक ! उपहार देशलाई” भन्ने मुल नाराका साथ रोशी गाउँपालिको पञ्चकन्या माध्यमिक विद्यालय, महाभारत प्रावि, सरस्वती प्रावि, बुद्धिबिनोद प्रावि र जागेश्वर प्राविका १ सय जना बालबालिकाहरुलाई न्यानो कपडा तथा स्टेशनरी सामाग्री वितरण गरिएको हो ।

काभ्रेपलाञ्चोक जिल्लाबासी मनकारी हातहरुको सहयोग, सर्वश्री क्वालीटी पिन्टर्स बनेपाले कपडा बैंक मार्फत ल्याइएको बिभिन्न न्यानो कपडाहरु आर्थिक रुपले बिपन्न समुदायका करिब ५० जना बृद्धबृद्धाका साथै बालबालिकाहरुलाई वितरण गरिएको थियो ।

दलित, लोपोन्मुख, अपाङ्ग र विपन्न बालबालिकाहरु गुणस्तरिय शिक्षाबाट पछाडी नपरुन् भन्ने कामनाका साथ काभ्रेपलाञ्चोक जिल्लाका मनकारी हातहरुको सहयोगमा संकलित सामाग्रीहरु हस्तान्तरण गरिएको वितरण सर्बश्री अधिकारीले बताइन् ।

कार्यक्रममा बोल्दै रोशी गाउँपालिका वडा नम्बर १० का वडाध्यक्ष दुधराज तामाङले मनकारी हातहरुका कारण समाजको विकास सम्भब रहेको र बिद्यार्थीमा गुणस्तरिय शिक्षा लिन सहयोग पुग्ने बताए ।

प्रकाशित मिति : २०७६, २१ माघ मंगलबार  ८ : ३१ बजे

सप्तरीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीको हवाइफायर : २ सय ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका–१ बडिबिरपुरमा आइतबार बिहान लागुऔषध कारोबारी

डोङफेङले चाडपर्वअघि ‘अर्ली फेस्टिभ अफर’ घोषणा, सुरक्षा पक्षमा प्रश्न उठ्दै

काठमाडौं । डोङफेङले चाडपर्वअघि ‘अर्ली फेस्टिभ अफर’ सुरु गर्दै नेपाली

गरिमा समृद्धि योजनाले ५.१० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रवर्द्धनमा र गरिमा क्यापिटल

बजेट कार्यान्वयनमा तिव्रता : अर्थ मन्त्रालयले थाल्यो मन्त्रालयगत छलफल

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनमा तिव्रता दिन