२०८२, १८ श्रावण आईतबार

स्वेताद्वारा मायाज व्युटी पार्लरको उद्घाटन

स्वेताद्वारा मायाज व्युटी पार्लरको उद्घाटन


काठमाडौँ : नायिका स्वेता खड्काले कलंकीमा अबस्थित मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरको चौंथो शाखाको शुभारम्भ गरेकी छिन । सौन्दर्यबिद गिता गिरीले सञ्चालनमा ल्याएको पार्लरको चौथो शाखामा अभिनेत्री स्वेताले रिबन र केक काटेर शुभारम्भ गरेकी हुन् । बिगत दुई दशक भन्दा लामो समय देखि सौन्दर्य व्यवसाय गर्दै आएकी गीता गिरिले कलंकीमा नयाँ पार्लर सञ्चालनमा ल्याएकी हुन् ।

उनको बानेश्वर शाखा अभिनेत्री संचिता लुइँटेलले अनि लगनखेल शाखा अभिनेत्री बर्षा सिवाकोटीले उद्घाटन गरेका थिए ।कलङकि शाखा उद्घाटन गर्दै अभिनेत्री स्वेता खड्काले महिलाहरुलाई सक्षम बनाउने पेशा अङ्गालदै देशभर थुप्रै ब्युटिसियनहरु जन्माउन सफल मायाज् पार्लरको देशभर अझै धेरै शाखा खुल्नेमा बिश्वासत रहेको बताउदै सफलताको कामना समेत ब्यक्त गरेकि थिइन।

गुणस्तर युक्त प्रबिधि, सेवामुलक र सम्पूर्ण सुबिधा सम्पन्न भएको मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरमा जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी द्वारा सेवाग्राहीले सेवा लिन पाउनेछन् । यसका साथै यस पार्लरमा अन्तराष्ट्रिय स्तरको हेयर स्टायल ट्रेनिङ्ग, मेकअप ट्रेनिङ्ग, सेल्फ मेकअप, प्रोफेसनल ट्रेनिङ्ग लगायतका ट्रेनिङ्गको ब्यबस्था गरिएको छ ।

ट्रेनिङ्गमा बिद्यार्थीहरुलाई ५०% सम्म छुट गरिएको छ भने काठमाडौँ बाहिरबाट आउने बिद्यार्थीहरुको लागि होस्टलको समेत ब्यबस्था गरिएको छ । मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरले अल नेपाल ब्युटिसियन सेमिनार तथा ट्रेनिङ्गहरु समेत गर्दै आएको जानकारी मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरकि अध्यक्ष गीता गिरिले गराएकी छिन ।

प्रकाशित मिति : २०७६, १८ माघ शनिबार  ९ : ०३ बजे

सप्तरीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीको हवाइफायर : २ सय ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका–१ बडिबिरपुरमा आइतबार बिहान लागुऔषध कारोबारी

डोङफेङले चाडपर्वअघि ‘अर्ली फेस्टिभ अफर’ घोषणा, सुरक्षा पक्षमा प्रश्न उठ्दै

काठमाडौं । डोङफेङले चाडपर्वअघि ‘अर्ली फेस्टिभ अफर’ सुरु गर्दै नेपाली

गरिमा समृद्धि योजनाले ५.१० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रवर्द्धनमा र गरिमा क्यापिटल

बजेट कार्यान्वयनमा तिव्रता : अर्थ मन्त्रालयले थाल्यो मन्त्रालयगत छलफल

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनमा तिव्रता दिन