२०८३, १५ श्रावण शनिबार

काठमाण्डौ विश्वविद्यालयको पठनपाठन सुचारु, माग भने पुरा भएन

काठमाण्डौ विश्वविद्यालयको पठनपाठन सुचारु, माग भने पुरा भएन


धुलिखेल, १४ माघः झण्डै एक महिनादेखि बन्द रहेको धुलिखेल स्थित काठमाण्डौ विश्वविद्यालयको पठनपाठन सुचारु भएको छ । केयुमा मंगलबारदेखि पठनपाठन सुचारु भएको हो । विभिन्न माग राख्दै केयु प्राध्यापक संघ र कर्मचारी संघले पठनपाठन ठप्प पारेर आन्दोलनमा उत्रिएका थिए ।

तर हिजो बसेको केयुको विशेष सभामा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले पठनपाठन अवरुद्ध नगर्न र मागका बारे छलफल गर्ने बताएपछि पठनपाठन सुचारु भएको प्राध्यापक संघका अध्यक्ष वेदमणि दाहालले जानकारी दिए । अर्को सभा पुनः माघ २१ गते बस्दैछ । उक्त सभामा आफुहरुको माग सम्बोधन हुने दाहालले बताए । ‘कुलपति भनेको विश्वविद्यालयको अभिभावक हो, सभामा उहाँले पठनपाठन अवरुद्ध नगर्न र मागको बारे छलफल गर्ने बताउनुभएको छ, दाहालले भने ‘कुलपतिले माग उपर छलफल गर्ने आश्वासन दिनुभएको छ, अविश्वास त हामी पनि गर्न त मिलेन नि ।’

यसअघि पनि काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ र काठमाडौं विश्वविद्यालय कर्मचारी संघले गत साउन २३ गते देखि पेशागत अधिकार सम्वन्धि चार बुँदे माग राखी सुरु गरेको आन्दोलन ४० दिन लामो आन्दोलन गरेका थिए ।

प्रकाशित मिति : २०७६, १४ माघ मंगलबार  ६ : ३४ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा