२०८३, १८ भाद्र शुक्रबार

धुलिखेलमा ५५ करोडको रंगशाला

धुलिखेलमा ५५ करोडको रंगशाला


धुलिखेल, ८ माघः धुलिखेल नगरपालिकामा बन्ने रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । डिपिआर अनुसार रंगशाला निर्माणका लागि ५५ करोड रुपैयाँ लागत लाग्नेछ । रंगशाला निर्माणको काम यसै आर्थिक वर्षबाट सुरु हुने नगरपालिकाको भूमि ब्यवस्थापन तथा भवन नियमन शाखाका प्रमुख इन्जिनियर हरेराम हुमागाईले जानकारी दिए ।

अहिले नगरपालिकाको वडा नम्बर ७ अड्डा बजारमा रहेको खेलमैदानमै नयाँ रंगशाला निर्माण हुनेछ । यो खेलमैदानको २३ रोपनी जग्गा छ । अपुग जग्गा अतिग्रहण गरिनेछ । नयाँ रंगशाला ३५ रोपनी क्षेत्रफलमा फैलिनेछ । पहिलो चरणमा ४ हजार जना दर्शक अट्ने रंगशाला निर्माण हुनेछ । पहिलो चरणमा २० करोड रुपैयाँ खर्च हुने हुमागाईले बताए । डिपिआरमा ६ हजार दर्शक अट्ने गरी डिजाइन गरिएको छ । ‘हामी अत्याधुनिक रंगशाला निर्माणका लागि छुटेका छौँ, उनले भने ‘यसका लागि डिपिआर पनि तयार भइसक्यो, अब निर्माण प्रक्रिया पनि छिट्टै सुरु हुन्छ ।’

चार तल्ले भवन, मल्टिप्लेक्स हल, स्मार्ट पार्किङ, अपाङ्गमैत्री सडक बन्ने छन् । इन्जिनियर हुमागाईका अनुसार तीन वर्षभित्रमा रंगशाला निर्माण पुरा हुनेछ । ‘रंगशाला निर्माणको काम यसै आर्थिक वर्षबाट सुरु हुन्छ, उनले भने ‘तीन वर्षभित्र परियोजनाको काम सकिनेछ, रंगशाला अत्याधुनिक बन्नेछ ।’

प्रकाशित मिति : २०७६, ८ माघ बुधबार  ६ : ५८ बजे

सिन्धुलीमा नेवार समुदायको विविध साँस्कृतिक कार्यक्रम (फोटो फिचर)

सिन्धुली: कृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलीमाढीमा नेवार समुदायले लाखे नाच, रोपाई

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण