२०८२, २३ भाद्र सोमबार

धुलिखेलमा ५५ करोडको रंगशाला

धुलिखेलमा ५५ करोडको रंगशाला


धुलिखेल, ८ माघः धुलिखेल नगरपालिकामा बन्ने रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । डिपिआर अनुसार रंगशाला निर्माणका लागि ५५ करोड रुपैयाँ लागत लाग्नेछ । रंगशाला निर्माणको काम यसै आर्थिक वर्षबाट सुरु हुने नगरपालिकाको भूमि ब्यवस्थापन तथा भवन नियमन शाखाका प्रमुख इन्जिनियर हरेराम हुमागाईले जानकारी दिए ।

अहिले नगरपालिकाको वडा नम्बर ७ अड्डा बजारमा रहेको खेलमैदानमै नयाँ रंगशाला निर्माण हुनेछ । यो खेलमैदानको २३ रोपनी जग्गा छ । अपुग जग्गा अतिग्रहण गरिनेछ । नयाँ रंगशाला ३५ रोपनी क्षेत्रफलमा फैलिनेछ । पहिलो चरणमा ४ हजार जना दर्शक अट्ने रंगशाला निर्माण हुनेछ । पहिलो चरणमा २० करोड रुपैयाँ खर्च हुने हुमागाईले बताए । डिपिआरमा ६ हजार दर्शक अट्ने गरी डिजाइन गरिएको छ । ‘हामी अत्याधुनिक रंगशाला निर्माणका लागि छुटेका छौँ, उनले भने ‘यसका लागि डिपिआर पनि तयार भइसक्यो, अब निर्माण प्रक्रिया पनि छिट्टै सुरु हुन्छ ।’

चार तल्ले भवन, मल्टिप्लेक्स हल, स्मार्ट पार्किङ, अपाङ्गमैत्री सडक बन्ने छन् । इन्जिनियर हुमागाईका अनुसार तीन वर्षभित्रमा रंगशाला निर्माण पुरा हुनेछ । ‘रंगशाला निर्माणको काम यसै आर्थिक वर्षबाट सुरु हुन्छ, उनले भने ‘तीन वर्षभित्र परियोजनाको काम सकिनेछ, रंगशाला अत्याधुनिक बन्नेछ ।’

प्रकाशित मिति : २०७६, ८ माघ बुधबार  ६ : ५८ बजे

जेन्जीहरुको आन्दोलनमा घाइतेहरूको शीघ्र उपचार गर्न लागि सरकारलाई राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेन्जी पुस्ताको आजको प्रदर्शनका क्रममा

“जेन–जी आन्दोलनमा प्रधानमन्त्री ओलीको कडा निर्देशन: दोषीमाथि कडा कारवाही गर्ने, छानबिन समिति गठन”

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी पुस्ताले आह्वान गरेको

जेनजी घटनाको छानबिन गर्न सरकारद्वारा समिति गठन

काठमाडौं । सोमबार राजधानीमा भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले

दुई दिन विद्यालय बन्द गर्ने शैक्षिक संगठनकाे निर्णय

काठमाडौं । जेनजी प्रदर्शनमा प्रहरीको गोलीबाट १९ जनाभन्दा बढीको ज्यान

सामाजिक सञ्जाल नियमनबिनै खोल्न सकिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध