२०८२, ५ माघ सोमबार

तेमालमा अध्यक्षकप फुटबल आगामी २३ देखि २५ गतेसम्म

तेमालमा अध्यक्षकप फुटबल आगामी २३ देखि २५ गतेसम्म


धुलिखेल, ७ माघः काभ्रेको तेमाल गाउँपालिकामा गत ३ देखि ५ गतेसम्म निर्धारित गरिएको अध्यक्षकप फूटबल प्रतियोगिता आगामी २३ देखि २५ गतेसम्म हुने भएको छ । हिजो भएको गाउँपालिकाको ३२ औं बैठकले अध्यक्षकम फूटबल प्रतियोगिता सम्बन्धी यस्तो निर्णय लिएको हो ।

माघ ३ देखि ५ गतेसम्म हुने भनिएको फूटवल प्रतियोगिता वर्षात र चिसो मौसमका कारण स्थागित गरिएको थियो । मौसमका कारण खेल स्थगित गरिएको र माघको तस्रो साता अध्यक्षकप फूटबल प्रतियोगिताको आयोजना गरिने पालिकाका प्रवक्ता ज्ञान बहादुर लामाले जानाएका छन् । प्रतियोगिता समापनका अवसरमा सार्क गेममा पदक विजेताहरुलाई सम्मान गरिने कार्यक्रम समेत तय गरिएको प्रवक्ता लामाले बताएका छन् ।

उनकाअनुसार गोल्डमेडल ल्याउनेलाई नगद ७५ हजारले सम्मान गरिनेछ भने काष्य पदक विजेतालाई २५ हजार नगद रहित सम्मान गरिने कार्यक्रम रहेको छ । तेमाल गाउँपालिकामा स्थायी बासोबास भएका तेज तामाङले सार्क फूटबलमा गोल्डमेडल हात पारेका छन् भने विनिता ब्लेनले फरक खेलमा काष्यपदक जितेकी छिन् ।

यसैबीच तेमाल गाउँपालिकाको ३२ औं बैठकले अध्यक्षकप फूटबल कप प्रतियोगिता समापन भएको भोलीपल्ट तेमाल प्रवेशद्वारको उद्घाटन गरिने कार्यक्रम तय गरेको छ । तेमाल डाँडाको कोटतेमाल कटेपछि आउने कालीमाटीमा तेमाल प्रवेशद्वारको निर्माण गरिएको छ । प्रवक्ता लामाका अनुसार अगामी २६ गते प्रवेशद्वारको उद्घाटन नवौं अवतारी लामा गुरु रेम्पोछेबाट गरिनेछ ।

प्रकाशित मिति : २०७६, ७ माघ मंगलबार  ६ : ५८ बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ