२०८३, १५ श्रावण शनिबार

काभ्रेको महाभारत गाउँपालिका साक्षर घोषणा (भिडियो)

काभ्रेको महाभारत गाउँपालिका साक्षर घोषणा (भिडियो)


धुलिखेल, ७ माघः काभ्रेको डाँडापरी क्षेत्रमा पर्ने महाभारत गाउँपालिका साक्षर घोषणा भएको छ । गाउँपालिकाभित्र बसोबास गर्ने १५ देखि ६० बर्ष उमेर समुहका निरक्षर मध्ये ९७.८९ प्रतिशत साक्षर भएपछि सोमबार नेकपाका नेता जनार्दन शर्माले साक्षर गाँउापालिका घोषणा गरे ।

२०६८ सालको जनगणना अनुसार गाउँपालिकाभित्र ३ हजार ९ सय ८८ जनसंख्या निरक्षर थियो । गाउँपालिकाभित्र निरक्षर ब्यक्तिलाई साक्षर बनाउन डाँडापारी सामुदायिक सिकाई केन्द्र, ल्हासो म्हेन्दो फ्याफुल्ला सिकाई केन्द्र र इन्द्रेणी सामुदायिक सिकाई केन्द्रले बिशेष अभियान चलाएका थिए । त्यस्तै गाउँपालिका भित्ररहेका माध्यामिक बिद्यालयहरुले पनि साक्षर अभियान चलाएको पालिका साक्षर घोषणा कार्यक्रमका संयोजक खुबनाथ दुलालले जानकारी दिए । पालिकाभित्र माबि, आधारभूत र प्रावि गरि ४९ वटा बिद्यालय रहेका छन् ।

भिडियो हेर्नुस

https://www.youtube.com/watch?v=PUgs3UFaX9U

यसैगरी महाभारत गाउँपालिकामा मावि स्तरीय वतृत्वकला र आधारभूत विद्यालय स्तरीय नृत्य प्रतियोगीता पनि सम्पन्न भएको छ । वतृत्व कला प्रतियोगीतामा भैरब मावि धाप, गोकुले माबि गोकुले, कालिदेवि मावि कुपिनटार, जनकल्याण मावि घर्तीछाप, जनमोहन मावि बनखु, ग्रामोन्नती मावि किल्ला र सिद्धेश्वर मावि सानोपोखराका विद्यार्थी सहभागी भएका थिए । प्रतियोगितामा जनकल्याण माविका सुनिता कुवँर प्रथम भएकी छन् । गोकुले माविका सुशान्त श्रेष्ठ द्धितिया, ग्रामोन्नति माविको महमाया तुम्सिङ तृतिया र कालीदेवी माविका शार्मिला थिङ सान्त्वना भएकी छन् ।

त्यस्तै नृत्य प्रतियोगितामा आजाद आधारभूत विद्यालय प्रथम, भैरबेश्वर आधारभूत विद्यालय द्धितिय भएका छन् । त्यसैगरी शम्भेश्वर आधारभूत विद्यालय तृतिय र गौलेश्वर आधारभूत विद्यालय सान्त्वना भएका छन् । प्रतियोगितामा ज्योति आधारभूत विद्यालय, शम्भेश्वर आधारभूत विद्यालय, गौरी आधारभूत विद्यालय, आजाद आधारभूत विद्यालय, भैरबेश्वर आधारभूत विद्यालय, चन्द्रसूर्य आधारभूत विद्यालय र गौलेश्वरी आधारभूत विद्यालयका विद्यार्थी सहभागी भएका थिए ।

प्रकाशित मिति : २०७६, ७ माघ मंगलबार  ४ : ०२ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा