२०८२, ११ चैत्र बिहीबार

केयू प्रशासनलाई २४ घण्टे अल्टिमेटम

केयू प्रशासनलाई २४ घण्टे अल्टिमेटम


बनेपा, २८ पुसः धुलिखेल स्थित काठमाण्डौ विश्वविद्यालयका प्राध्यापक र कर्मचारी संघले २४ घण्टाभित्र माग सम्बोधन गर्न चेतावनी दिएका छन । एक प्रेस विज्ञाप्ति जारी गर्दै उनीहरुले २४ घण्टाभित्र आफुहरुको माग सम्बोधन नभए आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने केयु प्रशासनलाई चेतावनी दिएका हुन ।

केयु प्राध्यापक संघ र कर्मचारी संघले पुस १५ गते देखि विश्व विद्यालयका उपकुलपति, रजिष्ट्रार, डीनहरु, परीक्षा नियन्त्रकको कार्यालय, टि.टि.सि., प्रशासकीय भवन लगायत केयुको धुलिखेलमा रहेका सबै कार्यालय बन्द गरिदिएका छन् । भदौ ३० गतेको बैठकले गरेका निर्णयहरु कार्यान्वयन नगरे केयुका स्कूल र विभागका कार्यालयहरुमा धुलिखेल क्याम्पसमा जस्तै कार्यक्रमहरु गर्ने प्राध्यापक संघका अध्यक्ष वेदमणि दाहालले जानकारी दिए ।

उनीहरुले तीन सुत्रिय माग राखेर अल्टिमेटम दिएका हुन । गएको भदौ ३० गते भएको सम्झौता विपरित आगामी माघ १३ गते बोलाइएको कार्यकारी परिषदको ५९१ औ बैठक खारेज गर्न माग गरेको छ । त्यस्तै कार्यकारी परिषदको ५९० औ बैठकको निर्णण्य बमोजिम टि.टि.सि., क्यान्टिन र सवारी चालक सेवामा कार्यरत कर्मचारीहरुलाई सेवा समायोजनको पत्रजारी गर्नुपर्ने माग छ ।

त्यसैगरी उक्त सम्झौता बमोजिम प्राध्यापक संघका सभापति र कर्मचारी संघका अध्यक्षलाई विशेष सभाको एजेण्डा र प्रस्ताव सहितपत्र जारी गर्न पनि भनेका छन् ।

केयुमा झण्डै १५ हजार पठनपाठन गर्छन । आन्दोलनका कारण उनीहरुको पठनपाठन पनि  प्रभावित भएको छ ।

प्रकाशित मिति : २०७६, २८ पुस सोमबार  ३ : ३२ बजे

‘धेरै आशा बोकेर बिदा हुँदैछु’ : प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं । सुशीला कार्की ले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले आज राष्ट्रका नाममा सम्बोधन

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज

खाडी क्षेत्रमा अमेरिकी सैन्य परिचालन तीव्र, इरानको कडा चेतावनी

काठमाडौं । इरानसँग बढ्दो तनावबीच अमेरिकाले खाडी क्षेत्रमा सैन्य उपस्थिति

अमेरिका र इरान बीचको युद्ध रोक्न १५ बुँदे प्रस्ताव, इरानले अध्ययन गर्दै

काठमाडौं । अमेरिकाले इरानसँग जारी युद्धको अन्त्यका लागि १५ बुँदे