२०८२, १७ असार मंगलबार

नेकपा प्रदेश ३ संसदीय दलको निर्णयः राजधानी हेटौंडा र नाम वाग्मती

नेकपा प्रदेश ३ संसदीय दलको निर्णयः राजधानी हेटौंडा र नाम वाग्मती


धुलिखेल, २५ पुसः नेकपा प्रदेश ३ को संसदीय दलले प्रदेशको राजधानी हेटौंडा र नाम वाग्मती राख्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा शुक्रबार बसेको संसदीय दलको बैठकले पार्टी सचिवालयको निर्देशनअनुसार निर्णय गरेको हो । नेकपाको सचिवालयले राजधानी हेटौंडा र नाम वाग्मती राख्न निर्देशन दिएको थियो । तर सचिवालयको निर्देशनप्रति असन्तुष्ट सांसदहरुले आफ्नो फरक मत दर्ज गरेका छन् ।

धेरै सांसद काभ्रेको पक्षमा रहेकाले संसदीय दलको बैठकमा सहमति जुट्न सकेको थिएन । अब प्रदेशको नाम र राजधानीका विषयमा नेकपाले प्रदेशसभामा एउटा मात्र प्रस्ताव दर्ता गराउनेछ । नेकपा संसदीय दलका नेतासमेत रहेनुभएका प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले फलोर क्रस गर्ने र अर्को प्रस्ताव दर्ता हुने सम्भावना बताए । प्रदेशसभामा नेकपा एक्लैको बहुमत छ ।

मूख्यमन्त्री पौडेलले नेकपाभित्र ह्वीप लाउनुपर्ने अवस्था सिर्जना नहुने दाबी समेत गर्नुभयो । नेकपाभित्र प्रदेशको नाम भन्दा राजधानीको विषयमा विवाद छ ।

प्रकाशित मिति : २०७६, २५ पुस शुक्रबार  ३ : ४१ बजे

प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी

चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री

भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी

काठमाडौं । भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या

आज कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर