२०८३, २३ आश्विन शनिबार

नेकपा प्रदेश ३ संसदीय दलको निर्णयः राजधानी हेटौंडा र नाम वाग्मती

नेकपा प्रदेश ३ संसदीय दलको निर्णयः राजधानी हेटौंडा र नाम वाग्मती


धुलिखेल, २५ पुसः नेकपा प्रदेश ३ को संसदीय दलले प्रदेशको राजधानी हेटौंडा र नाम वाग्मती राख्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा शुक्रबार बसेको संसदीय दलको बैठकले पार्टी सचिवालयको निर्देशनअनुसार निर्णय गरेको हो । नेकपाको सचिवालयले राजधानी हेटौंडा र नाम वाग्मती राख्न निर्देशन दिएको थियो । तर सचिवालयको निर्देशनप्रति असन्तुष्ट सांसदहरुले आफ्नो फरक मत दर्ज गरेका छन् ।

धेरै सांसद काभ्रेको पक्षमा रहेकाले संसदीय दलको बैठकमा सहमति जुट्न सकेको थिएन । अब प्रदेशको नाम र राजधानीका विषयमा नेकपाले प्रदेशसभामा एउटा मात्र प्रस्ताव दर्ता गराउनेछ । नेकपा संसदीय दलका नेतासमेत रहेनुभएका प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले फलोर क्रस गर्ने र अर्को प्रस्ताव दर्ता हुने सम्भावना बताए । प्रदेशसभामा नेकपा एक्लैको बहुमत छ ।

मूख्यमन्त्री पौडेलले नेकपाभित्र ह्वीप लाउनुपर्ने अवस्था सिर्जना नहुने दाबी समेत गर्नुभयो । नेकपाभित्र प्रदेशको नाम भन्दा राजधानीको विषयमा विवाद छ ।

प्रकाशित मिति : २०७६, २५ पुस शुक्रबार  ३ : ४१ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य