२०८२, ५ पुस शनिबार

काभ्रेका प्रदेश सांसदः चुनावी बाचा नभुल

काभ्रेका प्रदेश सांसदः चुनावी बाचा नभुल


धुलिखेल, २१ पुसः संघीय संरचनापछि सरकार गठनमा प्रदेश तीन सबैभन्दा पहिला रह्यो । तर दुई वर्ष वित्तिसक्दा पनि स्थायी राजधानी र सिमांकनमा भने अहिलेसम्म अनिर्णित बनिरहेको छ ।

अघिल्लो आइतबार नेकपाको केन्द्रिय सचिवालयले स्थायी राजधानी हेटौँडा नै कायम गर्ने निर्णय गरेपछि फेरी एक पटक प्रदेश ३ को राजधानीको बहस सतहमा आएको छ । स्थायी राजधानी कहाँ रहने भन्ने विषय जब सतहमा आउँछ त्यो बेला सबैभन्दा बढी काभ्रेली सांसदहरु नै अग्रपंत्तिमा आउँछन् ।

संसदको अघिल्लो अधिवेशनमा पनि काभ्रेली सांसदहरुले प्रदेशको स्थायी राजधानी काभ्रे हुनुपर्ने प्रस्ताव दर्ता गरेका थिए । तर उक्त प्रस्ताव उपर कुनै कारबाही भएको छैन । उल्टै पार्टी केन्द्रले स्थायी राजधानी हेटौँडा र नाम बागमती रहने निर्णय गरेपछि काभ्रेली सांसदहरु तनाबमा छन ।

काभ्रेली सांसद किन तनाबमा ?
सायद काभ्रेबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरु अहिले पनि चुनावी प्रतिस्पर्धाका बेला जनतासँग गरेको बाचा सम्झिरहेको हुनुपर्छ । किन भने उनीहरु हरेक आम सभामा प्रदेशको राजधानी जसरी पनि काभ्रे नै ल्याउने मतदातासामु प्रतिबद्धता जनाउथेँ ।

काभ्रेको विकट डाँडापारी देखि कोशीपारीसम्मका आमसभाहरुमा खास गरी नेकपाबाट उम्मेवार बनेकाहरुले विकास निर्माणको ढोका खोल्न पनि प्रदेश राजधानी काभ्रे नै चाहिने र कुनै पनि हालतमा ल्याएरै छोड्ने बताउँथे । तर अहिले पार्टी केन्द्रले सांसदहरुको अधिकार समेत कुण्ठित गर्दै निर्णय गरेपछि काभ्रेली सांसदहरु तनाबमा परेका छन ।

अहिले काभ्रेको ४ वाटै प्रदेश सिटबाट नेकपाकै उम्मेवार विजयी भएर प्रदेशसभामा प्रतिनिधित्व गर्छन । उनीहरु चुनावी प्रतिस्पर्धामा उत्रिदैँ गर्दा अस्थायी राजधानी हेटौँडा कामय भैसकेको थियो ।

‘खाउ भने दिनभरिको सिकार, नखाउ भने कान्छा बाउको अनुहार’
हुन त नेकपाको प्रदेश तीन संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदहरुले स्थायी राजधानी हेटौँडामा राख्न नहुने धारणा राखेका छन । तर काभ्रे बाहेकका अन्य सांसदले काभ्रेलाई नै समर्थन गर्छन भन्ने आधार के ?

किन भने चितवन र नुवाकोट पनि राजधानी दाबी गर्ने जिल्लाभित्र पर्छन । अहिले काभ्रेली सांसदहरुलाई भने चुनावी बाचा पुरा गर्ने कि ? पार्टीको ह्वीप मानेर जाने भन्ने अवस्था आएको छ ।

पार्टीको ह्वीप माने मतदातालाई के जवाफ दिने ?

मतदातालाई खास मतलब छैन
जब जब प्रदेश तीनको राजधानीको बहस सतहमा आउँछ । काभ्रेबाट विजयी सांसदहरु मात्रै अग्रभागमा पर्छन । जनस्तरमा भने राजधानीले खास महत्व बोकेको देखिदैन । भलै चुनावमा बोलेका कुरा केहि मतदाताको मस्तिक र मोबालाइमा रेकर्ड होलान ।

काभ्रेमा प्रदेश राजधानी हुनुपर्ने थुप्रै आधार र कारण छन् । मूख्यमन्त्री, मन्त्री, सांसद सबै अट्ने ठाउँ पनि छ । तर काभ्रेमा प्रदेशको राजधानी हुनै पर्छ भन्नेमा जनतामात्रै होइनन बौद्धिक मानिएका नागरिक समाज, सञ्चारकर्मी, राजनीतिक दल समेत यो कितामा उभिएका छै्रनन । यदि हुदो हो त नेकपाको सचिवालय बैठकको निर्णय सार्वजनिक हुने वित्तिकै यहाँका नागरिक समाज, सञ्चारकर्मी, राजनीतिक दल एकजुट हुन्थे । त्यो अहिलेसम्म देखिएको छैन ।

नेपाली काँग्रेसले राजधानी काभ्रे ल्याउन नेकपाले नसकेको भनेर आगामी चुनावको दाउ मात्रै छोपिरहेको देखिन्छ । किन भने शेर बहादुर देउवा प्रधानमन्त्री हुदाँ नै हो स्थानीय राजधानी हेटौँडालाई तोकेको । नेकपाका पनि एक तहका नेता कार्यकर्ता राजधानी आउँदैन भन्नेमा ढुक्क छन ।

प्रकाशित मिति : २०७६, २१ पुस सोमबार  ८ : ५९ बजे

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा