२०८३, २८ श्रावण शुक्रबार

काभ्रेमा बैंक तथा वित्तिय संस्था छाडा, पहुँच हुनेलाई समयमै ऋण, सामाजिक उत्तरदायित्व खोई ?

काभ्रेमा बैंक तथा वित्तिय संस्था छाडा, पहुँच हुनेलाई समयमै ऋण, सामाजिक उत्तरदायित्व खोई ?


मालती कुवँर, १९ पुसः काभ्रे जिल्ला बैंक तथा वित्तिय संस्थाको केन्द्र बिन्दु नै बनेको छ । काठमाण्डौमा केन्द्रिय कार्यालय रहेका अधिकांश बैंकको शाखा कार्यालय बनेपामा खुलेका छन । गाउँगाउँसम्म पुग्ने गरी हजारौँको संख्यामा सहकारी सञ्चालन भइरहेका छन् । सयौँको संख्यामा वित्तिय संस्था खुलेका छन् । तर यी वित्तिय संस्थाहरुले सामाजिक उत्तर दायित्व अन्तर्गतका काम भने खासै गरेका छैनन ।

बैंकले कर्पोरेट सामाजिक उत्तरदायित्व र सहकारीले सामुदायिक विकास कोष मार्फत समुदायको हितमा काम गर्नुपर्छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई बर्ष भरि कमाउने कुल रकमको १ प्रतिशत रकम सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्नै पर्ने बाध्यकारी ब्यवस्था गरेको छ । तर काभ्रेका धेरै बैंक तथा वित्तिय संस्थाले त्यसो नगरेको पाँचखाल नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष बालकृष्ण सापकोटाले बताए । ‘बैंक तथा वित्तिय संस्थाले गर्ने सामाजिक उत्तरदायित्वको काम कुनै कार्यक्रममा दुई बाल्टिन पानी बाड्नु मात्रै होइन, उनले भने थोरै भएपनि समाजमा के आवश्यक छ त्यो गर्नुपर्छ, तर हामीले भने टेर्दैनन ।’

सुगम क्षेत्रमा बैंक थुप्रिने र दुर्गममा नजाने । यस्तै समस्या झेलिरहेका जनप्रतिनिधिले शुक्रबार धुलिखेलमा सामुदायिक सारथीले आयोजना गरेको कार्यक्रममा गुनासो पोखे । रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौलाले गाउँपालिका जमानि बसिदिन्छौ, निमुखालाई ऋण उपलब्ध गराइदिनोस भन्दा पनि बैंकले नमानेको बताइन । ‘हाम्रो पालिकामा सिद्धार्थ बैंक छ, हामीले भनेको केहि पनि मान्दैन, उनले भनिन ‘सामाजिक उत्तर दायित्वको का त झन के गथ्र्यौ ।’

चौरीदेउपुरी गाउँपालिकाका प्रवक्ता राजकुमार गौतमले कोशीपारी क्षेत्रमा बैंक र सहकारीको संख्या निकै कम रहेको भन्दै बैंकहरुले सामान्य कर्पोरेट सामाजिक उत्तरदायित्वको काम समेत नगरेको गुनासो गरे । ‘सीएसआर कुनै पनि बैंक तथा वित्तिय संस्थाले कोशीपारी क्षेत्रमा गरेका छैनन, उनले भने ‘सहकार्य र समन्वयका लागि समेत आएको पाइदैन ।’

सहकारी ऐन जारी गरिसकेको पनौती नगरपालिकाले नीति ल्याउने तयारी गरिरहेको छ । नीति नआउँदासम्म सहकारी दर्ता र सेवा केन्द्र विस्तार पनि रोकेको छ । बैंक तथा वित्तिय संस्थाले सामुदायिक उत्तरदायित्व बापतको १ प्रतिशत रकम विपन्न वर्गको हितमा खर्च गर्नुपर्नेमा जोड दिइन । कुनै पनि बैंक तथा वित्तिय संस्थाले विपन्न, गरिब परिवारलाई छुनै नसकेको उनको भनाई छ । ‘हुने खानेलाई मात्रै बैंकले काम गरेका छन्, बैंकको तुलनामा सहकारीले ज्यादैँ राम्रो काम गरेका छन्, उनले भनिन सहकारी मार्फत महिला, किसान, पछिपरेका समुदायसम्म आर्थिक गतिविधि गर्न निकै सजिलो भएको छ ।’

बैंक तथा वित्तिय संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च नगरेको गुनासो आएपनि बैंकहरु भने मान्न तयार छैनन् । बार्षिक कार्यक्रम नै बनाए सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गर्ने गरेको उनीहरुको भनाई छ । रक्तदान, न्यानो कपडा वितरण, विभिन्न सार्वजनिक कार्यक्रमहरुमा खानेपानी वितरण जस्तो काम गरेको सिभिल बैंकका बजार प्रवन्धक राजन त्रिपाठीले बताए । ‘ गर्दै नगरेको भन्न मिल्दैन, उनले भने कुन ठाउँमा कस्तो कार्यक्रम गर्ने भन्ने बार्षिक योजना नै बनाएर शाखा कार्यालयहरुले काम गरिरहेका हुन्छ ।’ सामाजिक दायित्व अन्तर्गत काम गर्दा बैंक तथा वित्तिय संस्थालाई जवाफदेहि र पारदर्शि बनाउन पनि मद्दत पुर्याउँछ ।

दिगो विकासको लक्ष्यमा समेत आर्थिक समृद्धिलाई मूख्य सुचक मानिएको छ । बैंक तथा वित्तिय संस्था नाफा मुखि संस्था हुन । यसको मतबल उनीहरुले सामाजिक दायित्व पुरा गर्नुपर्दैन भन्ने होइन । राज्यको पुन संरचनासँगै स्थानीय सरकारलाई पनि नियमन गर्ने अधिकार छ । बैंक तथा वित्तिय संस्थाले स्थानीय सरकारको काममा सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्दा सजिलो हुने सामाजिक उत्तरदायित्व क्षेत्रका एक जना जानकार माधव प्रसाद तिमिल्सिनाले बताए । ‘स्थानीय सरकारले गर्ने काममै संयुक्त मिलेर काम गर्दा बैंक तथा वित्तिय संस्थाहरुको उत्तरदायित्व अझ देखिन्छ, उनले भने ‘त्यहि भएरै सार्वजनिक, नीजि साझेदारीको अवधारण ल्याइएको हो ।’

प्रकाशित मिति : २०७६, १९ पुस शनिबार  ११ : ५३ बजे

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ

गगन थापामाथि मोहन बस्नेतको कडा प्रहारः ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापामाथि

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल

सुदूरपश्चिममा एमालेको सत्ता प्रवेश, चार सदस्यले सम्हाले जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारमा

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व